शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Jan 27, 2012
  

सम्पादकीय


पर्वतीय अध्ययनमा सकारात्मक प्रस्ताव


हिन्दूकुश हिमालय क्षेत्रका विश्वविद्यालयहरूले पर्वतीय विषयवस्तुमा आधारित विषयको अध्ययन, अध्यापन तथा अनुसन्धानमा सहकार्य गर्ने सम्झौता गरेका छन् । नेपाल, भारत, चीन, बङ्गलादेश र पाकिस्तानका दुई दर्जन बढी विश्वविद्यालयबीच भएको यस्तो प्रकारको सम्झौता यस क्षेत्रमै पहिलो हो ।


ती विश्वविद्यालयले पर्वतीय विषयवस्तुमा आधारित पाठ्यक्रमको अध्ययन, अध्यापन, अनुसन्धान तथा हिन्दूकुश हिमालय क्षेत्रमा ‘आउटरिच’ कार्यक्रमहरू सञ्चालन गर्ने विषयमा सहकार्यको सम्झौता गरेका छन् । भारतको नया“ दिल्लीमा स्थापित दक्षिण एशियाली विश्वविद्यालयपछिको यो दोस्रो आशालाग्दो सम्झौता हो ।


विश्वको एक तिहाइ जनसङ्ख्या हिन्दूकुश हिमालय क्षेत्रमा बस्छ । सबैभन्दा बढी जनसङ्ख्या भएका दुई मुलुक चीन र भारतका साथै विश्वमै सबैभन्दा बढी जनघनत्व भएका मुलुकमध्येको एक बङ्गलादेश यसै क्षेत्रमा छ । ‘वाटर टावर्स’ भनेर पनि चिनिने हिमालयलाई विश्वकै पानीको मुख्य स्रोत मानिन्छ । हिन्दूकुश हिमालय क्षेत्रको जनसङ्ख्याको उल्लेख्य हिस्सा हिमाली तथा पहाडी क्षेत्रमा बसोवास गर्छ ।


तराई क्षेत्रमा बस्नेहरू पनि हिमाल र पहाडमा हुने वातावरणीय परिवर्तनबाट उत्तिकै प्रभावित हुने गरेका छन् । यस्तो अवस्थामा यस क्षेत्रका विश्वविद्यालयहरूले पर्वतीय विषयका बारेमा अध्ययन, अनुसन्धान तथा ज्ञान आदानप्रदान गर्ने संयन्त्रको विकास गर्नु निकै सकारात्मक कदम हो ।


तर, यस क्षेत्रका शिक्षण संस्थाहरूको हालसम्मको अवस्था हेर्दा भने आशा गर्ने ठाउ“ कमै देखिन्छ । विश्व तापीय वृद्धि र जलवायु परिवर्तनको सबैभन्दा बढी असर यसै क्षेत्रमा परेको छ । तर, न त त्यसबारेमा विस्तृत रूपमा अध्ययन–अनुसन्धान भएको छ न स्थानीय जनतालाई त्यसस“ग जुध्ने शीप, ज्ञान र प्रविधि सिकाउने प्रयत्न भएको छ ।


विश्वविद्यालयमा पढाउने विधि पनि सैद्धान्तिक बढी र व्यावहारिक कम छ । यहा“का विश्वविद्यालयहरूका वातावरण तथा पर्यावरणस“ग सम्बन्धित विषयका पाठ्यक्रममा पश्चिमा विद्वान्हरूले लेखेका पुस्तक तथा लेखहरूकै बाहुल्य छ । उत्तरआधुनिक अध्ययन, अध्यापन विधिले स्थानीय ज्ञान र शीपलाई बढी प्रयोग गर्नुपर्छ भन्छ । तर, हामीकहा“ स्थानीय ज्ञान र शीपको प्रयोगका लागि कुनै प्रयास नै भएको छैन भन्दा पनि हुन्छ ।


हिमाली क्षेत्र तथा त्यहा“को पर्यावरणका विषयमा विशेष अध्ययन गर्ने व्यवस्था पनि यहा“को शिक्षण संस्थाहरूले गरेका छैनन् । जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित भनिएको हिन्दूकुश हिमालय क्षेत्र र यस क्षेत्रमा परेको असरबारे पर्याप्त अध्ययन–अनुसन्धान हुन बा“की नै रहेको इसिमोडले बताउ“दै आएको छ ।


काठमाडौंमा मुख्यालय भएको अन्तरराष्टिय« पर्वतीय विकास केन्द्र (इसिमोड) यस विषयका लागि क्षेत्रीय ‘थिङ्क ट्याङ्क’ हो । जसरी इसिमोडले यी पा“च मुलुकका विश्वविद्यालयलाई एकै ठाउ“मा ल्याएको छ, त्यसैगरी पर्वत, जलवायु तथा पर्यावरणका विषयमा स्थानीय पाठ्यक्रम विकासका लागि पनि ती संस्थालाई आवश्यक सहयोग गर्न सक्छ । इसिमोडले खडा गरेको हिमालयन विश्वविद्यालय सहायता कोष (एचयूसी)ले पनि यसमा केही मद्दत पु¥याउन सक्छ । विश्वविद्यालयहरूले पनि इसिमोडस“ग भएको अनुसन्धान, ज्ञान, शीप र प्रविधिबाट उल्लेख्य फाइदा लिन सक्नेछन् । जे भए पनि यो नया“ संयन्त्रले आशा गर्ने ठाउ“ भने दिएको छ ।

 

स्थानीय तथा क्षेत्रीय महत्वका विषयहरूलाई पाठ्यक्रममा समावेश गर्ने तथा एकअर्कामा ज्ञानको आदानप्रदान गर्ने कार्य प्रभावकारी रूपमा हुन सक्यो भने त्यसले समग्र क्षेत्रकै विकासमा सकारात्मक प्रभाव पार्नेछ । साथ,ै अन्य क्षेत्र तथा मुलुक का विद्वानहरूलाई पनि अध्ययन तथा अनुसन्धानका लागि यसतर्फ आकर्षित गर्नेछ ।