शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

कात्तिक ७, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज -नेप्से परिसूचक आइतवार ५ भन्दा बढी अङ्कले बढेर ४ सय २५ भन्दा माथि पुग्यो । बैङ्किङ र अन्य समूहको परिसूचक बढ्दा समग्र नेप्से परिसूचक बढेको हो । बिहीवारको तुलनामा कारोबार हुने कम्पनी र कारोबार रकमसमेत आइतवार बढेको हो । आइतवार ६२ कम्पनीको झण्डै रू. २ करोडको कारोबार भयो । ९ सय ९७ वटा कारोबारबाट ५२ हजारभन्दा बढी कित्ता शेयरको खरीद-विक्री भयो ।

कुल बजार पूँजीकरण रू. ३ खर्ब ६१ अर्बभन्दा बढीको भयो । आइतवार वाणिज्य बैङ्क, जलविद्युत्, बीमा र अन्य समूहका परिसूचक बढेका छन् भने विकास बैङ्क र वित्तसमूहका परिसूचक घटेका छन् । कारोबार रकमका आधारमा नबिल बैङ्क अग्रस्थानमा रहयो । यसको रू. २३ लाखभन्दा बढीको कारोबार भयो भने प्रतिशेयर मूल्य रू. १ हजार ४ सय ६१ रहयो । शेयर सङ्ख्याका आधारमा मनकामना डेभलपमेण्ट बैङ्क अगाडि रहयो । यसको ५ हजारभन्दा बढी कित्ता शेयर खरीद-विक्री भयो भने शेयर मूल्य रू. १ सय ३२ रहयो । कारोबार सङ्ख्याका आधारमा प्राइम कमर्शियल बैङ्क अगाडि रहयो । प्रतिशेयर मूल्य रू. ५ सय ३० रहेको यसका १ सय १० वटा कारोबार भए । आइतवार स्टयार्ण्र्डड चार्टर्ड बैङ्क र नेपाल एसबीआई बैङ्कको शेयर प्रमुख रूपमा बढ्नेको सूचीमा रहयो । स्टयार्ण्र्डडको रू. १ सय २८ र एसबीआईको ६० ले शेयर मूल्य बढयो । स्टयार्ण्र्डडको शेयर मूल्य २ हजार २ सय ३३ र एसबीआईको ७ सय ७५ रहयो ।

नबिल बैङ्क र सूर्यदर्शन फाइनान्स प्रमुख रूपमा घट्ने कम्पनीको सूचीमा रहे । नबिलको रू. २४ र सूर्यदर्शनको रू. ३० ले शेयर मूल्य घटयो । नबिलको शेयर मूल्य रू. १ हजार ६ सय ६१ र सूर्यदर्शनको रू. ३ सय ३ रहेको छ ।