शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

अझै ओर्लियो नेप्से


१ हजार ३ सय ६२ कारोबारबाट ८३ कम्पनीका ८७ हजार ६ सय ८८ कित्ता शेयर किनबेच भए । उक्त कारोबारबाट रू. १ करोड ९३ लाखभन्दा केही बढी रकम परिचालन भयो भने रू. २ खर्ब ९७ अर्बको कुल बजार पूँजीकरण भयो ।



कात्तिक ३०, काठमाडौं । बुधवार नेप्से परिसूचक शून्य दशमलव ४१ प्रतिशतले घटेर ३ सय २५ दशमलव ६१ बिन्दुमा पुग्यो । गत असारको पहिलो साता २ सय ९२ बाट बढेर ३ सय ८० सम्म पुगेर फर्केको नेप्सेले ३ सय २५ को हाराहारीमा टेवा पाएको मध्यमकालीन रेखाचित्रले देखाएको छ । मङ्गलवारको तुलनामा बुधवार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।


बुधवार कारोबारमा आएका सातमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक स्थिर र≈यो भने बीमा र ‘अन्य’ समूहको परिसूचक मात्र बढ्यो । यी समूहका परिसूचक क्रमशः शून्य दशमलव ३९ र शून्य दशमलव ४८ प्रतिशतले बढेका छन् । प्राइमलाइफ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य बढेपछि बीमा समूहको परिसूचक बढेको हो । त्यसैगरी, नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य रू. २ ले बढेपछि ‘अन्य’ समूहको परिसूचक बढेको छ ।


जलविद्युत्, बैङ्किङ, विकास बैङ्क र वित्त कम्पनीको परिसूचक क्रमशः ३ दशमलव शून्य ३, शून्य दशमलव ७३, शून्य दशमलव १९ र शून्य दशमलव शून्य १९ ले घटेका छन् । जलविद्युत् समूहको अरुणभ्यालीको शेयरमूल्य बढे पनि बुटवल पावर, चिलिमे र नेशनल हाइड्रोपावरको शेयरमूल्य घटेको छ । बैङ्किङ समूहका प्राइम, एनसीसी, नेपाल बङ्गलादेश, सिटिजन्सलगायतका बैङ्कहरूको शेयरमूल्य घट्यो । वित्त समूहका कास्की, रिलायबल, भ्याली, शुभलक्ष्मी र आईएमई फाइनान्सको शेयरमूल्य घटेको छ । मुक्तिनाथ, काबेली, प्रोफेशनल, रेसुङ्गा, वेष्टर्नलगायतका विकास बैङ्कहरूको शेयरमूल्य घट्यो ।


बुधवार कम्पनी, खरीदविक्री सङ्ख्या, शेयर सङ्ख्या र रकम परिचालन सबै घटे । सो दिन १ हजार ३ सय ६२ कारोबारबाट ८३ कम्पनीका ८७ हजार ६ सय ८८ कित्ता शेयर किनबेच भए । उक्त कारोबारबाट रू. १ करोड ९३ लाखभन्दा केही बढी रकम परिचालन भयो भने रू. २ खर्ब ९७ अर्बको कुल बजार पूँजीकरण भयो । कारोबारमा आएकामध्ये २९ कम्पनीको शेयरमूल्य बढ्यो, ४२ को घट्यो भने बाँकीको स्थिर र≈यो । बुधवार २ सय ८ पटक शेयर किनबेच भएको कामना विकास बैङ्क कारोबार सङ्ख्याका आधारमा अग्रस्थानमा र≈यो ।


त्यसैगरी, गुराँस लाइफ इन्स्योरेन्स शेयर सङ्ख्याका आधारमा र बुटवल पावर कम्पनी रकम परिचालनका आधारमा अग्रस्थानमा रहे । गुराँसको ६ हजार ७ सय ४० शेयर किनबेच भए भने बुटवल पावरको रू. ३१ लाख ४१ हजारभन्दा धेरै रकमको कारोबार भयो । बुधवार कास्की फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० दशमलव ७४ प्रतिशतले सस्तियो भने प्राइमलाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ४ दशमलव ९४ प्रतिशतले महँगो भयो ।