नेप्से ४ सय २० नजीक
असोज २५,काठमाडौँ । हप्ताको दास्रो दिन सोमवार नेप्से परिसूचक बढेर ४ सय २० नजीक पुगेको छ । अघिल्लो हप्ता ४ सय ५ को हाराहारीमा रहेको नेप्से सोमवार २ दशमलव १७ अङ्कले बढेर ४ सय १९ भन्दामाथि पुगेको हो । सोमवारको कारोबारमा परिसूचकसगै कारोबार रकम पनि रू. ६ लाखभन्दा धेरैले बढेर रू. १ करोड ८६ लाख ९४ हजार ९ सय ६४ पुग्यो ।
सोमवार जलविद्युत्समूहको परिसूचकबाहेक सबै समूहका परिसूचक बढे । सोही दिन १ हजार ४४ कारोबारबाट ६४ कम्पनीको कुल ६२ हजार ८ सय ८४ कित्ता शेयर खरीद-विक्री भयो । आइतवारको तुलनामा कुल बजार पूँजीकरण पनि सामान्य सुधार भएर रू. ३ खर्ब ५४ अर्ब भन्दामाथि पुग्यो ।
कारोबार रकमका आधारमा रू. ३५ लाखभन्दा बढीको कारोबारसहित स्टयार्ण्र्डड चार्टर्ड बैङ्क सबैभन्दा अगाडि रह्यो । कारोबार सङ्ख्या र शेयर सङ्ख्याका आधारमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी सबैभन्दा रहयो । यसका २ सय ४१ कारोबारबाट १० हजारभन्दा बढी कित्ता शेयर खरीद-विक्री भए ।
सोमवार नबिल बैङ्कको शेयर मूल्य सबैभन्दा बढी घटयो । नबिलको शेयर मूल्य रू. ५९ घटेर रू. १ हजार ४ सय ४१ मा बन्द भयो । त्यसैगरी, स्ट्यार्ण्र्डड चार्टर्ड बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै बढयो । यसको शेयर रू. १ सय १७ ले बढेर रू. २ हजार ४ सय ३७ मा बन्द भयो ।