शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्सेको सुधार कायमै
कार्तिक ३०, काठमाडौं । साताको तेस्रो दिन मङ्गलवार पनि नेप्सेको सुधार कायम रहयो । यसबाट लगानीकर्ताहरूकेही उत्साहित देखिएको अनुमान गरिएको छ । मङ्गलवार नेप्से १ दशमलव २९ अङ्कले बढेर ४ सय २४ दशमलव ९३ मा बन्द भयो । जलविद्युत् र मङ्गलवार बैङ्किङ समूहका परिसूचक सबैभन्दा धेरै क्रमशः ५ र २ अङ्कले बढेपछि त्यसको प्रत्यक्ष प्रभाव नेप्सेमा परेको देखिन्छ । नेप्सेसँगै ' क' बर्गका कम्पनीहरूको शेयर मूल्य मापक सेन्सेटिभ परिसूचक र र्सवसाधारणले सजिलै खरीद-विक्री गर्न सक्ने शेयरको मूल्य मापक फ्लोट परिसूचकमा पनि सुधार देखियो ।

मङ्गलवार १ हजार ३ सय ३१ कारोबारबाट ७८ कम्पनीका ६८ हजार ९ सय ३२ कित्ता शेयर खरीद विक्री भए । त्यसबाट रू. २ करोड ११ लाख ९० हजारबराबरको रकम परिचालन भयो भने रू. ३ खर्ब ६१ अर्बभन्दा धेरैको कुल बजार पूँजीकरण भयो । मङ्गलवार कुल ७८ कम्पनीको शेयर किनबेच भएकोमा ३३ कम्पनीको शेयरमूल्य घटयो, ३० कम्पनीको शेयरमुल्य बढयो भने १५ कम्पनीको स्थिर रहयो । बिकास बैङ्क समूहको परिसूचक घटयो 'अन्य' समूहको परिसूचक स्थिर रहयो भने बाँकी सबै समूहका परिसूचक बढे । स्टयार्ण्र्डड चार्टर्ड बैङ्क, नेपाल एसबीआई बैङ्कलगायतका प्रमुख बैङ्कहरूको शेयर मूल्यमा उच्च वृद्धि भएपछि बैङ्किङ समूहको परिसूचकमा सुधार आयो भने चिलिमे हाइड्रोपावरको शेयरले जलविद्युत् समूहको परिसूचकमा सुधार ल्याएको हो ।

मंगलवार कारोबार रकम, कारोबार सङ्ख्या र किनबेच भएका शेयर सङ्ख्याका आधारमा अरुणभ्याली हाइडोपावर कम्पनी सबैभन्दा अघि रहयो । यसको कुल २ सय ११ कारोबारबाट ६ हजार ३ सय १८ किक्ता शेयर खरीद-विक्री हुँदा रू. ३१ लाख ९४ हजारभन्दा बढी रकम परिचालन भयो । मङ्गलवार स्टयार्ण्र्डड चार्टर्ड बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. ४३ ले बढयो भने एभरेष्ट बैङकको शेयरमूल्य सबैभन्दा धेरै रू. २१ ले घटयो ।