शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से र कारोबार रकम दुवै घटे
असोज २, काठमाडौं (अस)। साताको दोस्रो दिन सोमवार नेप्से र कारोबार रकम दुवै घटे । नेप्से शून्य दशमलव ३७ प्रतिशतले घटयो भने अधिल्लो दिन बन्द भएको बिन्दु ३ सय १८ दशमलव ५६ बाट घटेर ३ सय १७ दशमलव ३७ मा आइपुगेको छ । केही दिनअघिसम्म दैनिक औसत रू. २ करोड रकम परिचालन हुँदै आएकोमा अहिले पुन: घट्न थालेको छ । सोमवार रकम परिचालन रू. १ करोड ८८ लाख ९८ हजार ६ सय ८६ मा सीमित भएको छ । चाडपर्व शुरू भएकाले कतिपय लगानीकर्ताहरूले रकमको जोहो गर्न शेयर विक्री गर्न थालेका र कतिपय बजारबाट केही समयको लागि बाहिरिन थालेका केही ब्रोकरहरू बताउँछन् । नेप्सेसँगै सेन्सेटिभ र फ्लोट परिसूचक पनि घटे ।

सोमवार कारोवारमा आएका सबै सातै समूहको परिसूचक घटेका छन् । जलविद्युत्, उत्पादन तथा प्रशोधनमूलक, 'अन्य’, विकास बैङक, वित्त कम्पनी, बैङ्किङ र बीमा समूहको परिसूचक घटेका हुन् । यी समूहको परिसूचक क्रमश: १ दशमलव ५३, शून्य दशमलव ८९, शून्य दशमलव ५, शून्य दशमलव २९, शून्य दशमलव २६, शून्य दशमलव २३ र शून्य दशमलव १८ ले घटे । कारोबारको मध्य समयसम्म चिलिमेको शेयरमूल्य बढ्दा बढेको जलविद्युत् समूहको परिसूचक सो कम्पनीसँगै अरुणभ्याली, बुटवल पावर कम्पनीको शेयरमूल्य घटेपछि घटेको हो । युनिलिभरको शेयरमूल्य रू. १ सय ५ सम्म घटेपछि उत्पादन तथा प्रशोधनमूलक समूहको परिसूचक घटयो । 'अन्य’ समूहको नेपाल टेलिकमको शेयरमूल्य रू. २ ले घटेको छ । विकास बैङ्कतर्फा अरनिको, डिप्रोक्स, पशुपति, कर्णाली, वेष्टर्न विकास बैङ्कको शेयरमूल्य घटे । वित्त कम्पनीमध्ये कास्की, प्रभु, सिध्दार्थ, भ्याली, नेपाललगायत फाइनान्स र नेशनल लाइफ, लुम्बिनी जनरल, सूर्या लाइफ, नेपाल लाइफलगायत बीमा कम्पनीहरूका शेयरमूल्य घटे । बैङ्किङ समूहका नेपाल एसबीआई, हिमालयन, किष्ट, लुम्बिनी, सिध्दार्थलगायत कम्पनीको शेयरमूल्य घटे ।

सोमवार खरीद-विक्री सङ्ख्या बढे पनि कम्पनी, शेयर सङ्ख्या र रकम परिचालन घटे । सो दिन ७८ कम्पनीका १ हजार ४ सय ९२ कारोबारबाट ९६ हजार २ सय ९५ कित्ता शेयर किनबेच भए । उक्त कारोबारबाट रू. २ खर्ब ८२ अर्बको बजार पूँजीकरण भयो । सो दिन २५ कम्पनीको शेयरमूल्य बढयो, ३९ कम्पनीको शेयरमूल्य घटयो भने बाँकीको स्थिर रह्यो । सोमवार रू. ४१ लाख ९० हजार २ सयबराबरको शेयर किनबेच भएर कारोबारको आधारमा चिलिमे जलविद्युत् सबैभन्दा अग्रस्थानमा रह्यो । सबैभन्दा धेरै कारोबार हुनेमा कामना विकास बैङ्क र धेरै शेयर किनबेच हुनेमा नेशनल हाइड्रोपावर अग्रस्थानमा रह्यो । कामनाको ३ सय ७४ पटक शेयर किनबेच भयो भने नेशनलको २४ हजार ६ सय ६० शेयर खरीद-विक्री भए । बुधवार किष्ट बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै ९ दशमलव ७७ प्रतिशतले सस्तियो भने गरिमा विकास बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै ३ दशमलव ८५ प्रतिशतले महँगियो ।

Admin 2011-09-20