शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

चिलिमे र दूरसञ्चारले बढाए नेप्से
माघ २ काठमाडौं (अस)। साताको पहिलो दिन आइतवार जलविद्युत् र 'अन्य' समूहको परिसूचक बढेपछि नेप्से सामान्य बढयो । आइतवार दिउँसो २ बजेसम्म घट्दो प्रवृत्तिमा रहेको नेप्से कारोबार बन्द हुने समयमा शून्य दशमलव ३७ अङ्कले बढेर ४ सय ३ दशमलव १२ पुग्यो । नेपाल दूरसञ्चार कम्पनीका साथै जविद्युत् समूहमा सूचीकृत चिलिमे र नेशनल होइड्रोपावर कम्पनीको शेयर मूल्य बढेपछि नेप्से बढेको हो । चिलिमे र नेशनल होइड्रोपावरको शेयर मूल्य क्रमशः रू. १६ र १ ले बढयो । तर, नबिल, स्टयार्डड चार्टर्ड र हिमालयन बैङ्कलगायतका कम्पनीहरूको शेयरमूल्य घटेपछि 'क' सेन्सेटिभ परिसूचक भने घटयो । अर्कोतर्फर्सवसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक भने बढयो ।  

आइतवार मालिका डेभलपमेण्ट बैङ्कका २५ हजार कित्ता संस्थापक शेयर  किनबेच भए । एक नम्बर ब्रोकरले बचेर १६ नम्बरबाट किनिएको सो बैङ्कको शेयर मूल्य रू. १ सय ९० रहयो भने त्यसबाट रू.४७ लाख ५० हजारको कारोबार भयो ।

आइतवार कारोबारमा आएका ८ समूहमध्ये जलविद्युत्, 'अन्य' र बीमा समूहका परिसूचक मात्र बढे । जलविद्युत्, 'अन्य' र बीमा समूहको परिसूचक क्रमशः ५ दशमलव ६३, ३ दशमलव ५३ र शून्य दशमलव ४५ ले बढे । त्यसैगरी बैङ्किङ, होटल, विकास बैङ्क र वित्त कम्पनी समूहको परिसूचक घटयो । अरू समूहका परिसूचक सामान्य घटे पनि सोल्टी होटलको शेयर मूल्य रू.४ ले घट्दा होटल समूहको परिसूचक सबैभन्दा धेरै ४ दशमलव ५२ अङ्कले घटयो । आइतवार कारोबारमा आएका कम्पनी र कारोबार सङ्ख्या बढेपनि शेयर सङ्ख्या र रकम परिचालन घटयो ।

आइतवार १ हजार ४ सय २८ कारोबारबाट ७२ कम्पनीका ८२ हजार १ सय ३२ कित्ता शेयर खरीद-विक्री भई रू. २ करोड ५ लाखभन्दा बढी रकम परिचालन भयो । त्यसबाट रू. ३ खर्ब ४९ अर्ब भन्दा बढीको कुल बजार पूँजीकरण भयो ।  आइतवार कारोबारमा आएका २९ कम्पनीको शेयर मूल्य  बढयो, ३५ कम्पनीको शेयर मूल्य घटयो भने ८ कम्पनीको शेयर मूल्य स्थिर रहयो । शेयर सङ्ख्या र कारोबार रकमका आधारमा मालिका डेभलपमेण्ट बैङ्कको संस्थापक शेयर अग्रस्थानमा रहयो । कारोबार सङ्ख्याका आधारमा सूर्य लाइफ इन्स्योरेन्स कम्पनीका सबैभन्दा धेरै  २ सय ४२ कारोबार भए । कारोबारमा आएकामध्ये चिलिमे हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरैले महँगियो भने गौरीशङ्कर डेभलपमेण्ट बैङ्क, नेपाल इन्भेष्टमेण्ट बैङ्क, स्टयार्ण्र्डड चार्टर्ड र उद्यम विकास बैङ्कका शेयर सबैभन्दा धेरै रू. १५ ले सस्तिए ।