शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

शेयर विक्रीचाप बढ्दा नेप्से घटयो
साउन २, काठमाडौं । आइतवार झण्डै  २० अङ्कले बढेको शेयर बजारमा सोमवार विक्रीचाप बढेपछि नेप्से परिसूचक ८ अङ्कसम्म घटयो । सोमवार हजारभन्दा बढीको परिमाणमा शेयर किनबेच हुने कम्पनी सङ्ख्या २५ छ । ँसोमवार शेयरको विक्रीचाप बढेको छ र सो दिनको खरीद/विक्री  मुख्यत: रिटेल लगानीकर्ताहरूबीच भएको छ,’ ब्रोकर नम्बर १४ का अध्यक्ष ईश्वरी रिमालले भने ।

अघिल्ला केही हप्ता नेप्से शुरूका दिन बढेको र त्यसपछिका दिन घट्न थालेको देखिएकाले यही प्रवृत्ति दोहोरिन्छ कि भन्ने डर लगानीकर्ताहरूमा रहेको हुन सक्ने नेपाल धितोपत्र दलाल सङ्घका अध्यक्ष अञ्जनराज पौडेल बताउँछन् । सोमवार मध्यतिरसम्म नेप्से बढेर झण्डै ३ सय ९० तिर पुगेकोमा त्यसपछि शेयर प्रवाह बढेर कतिपय कम्पनीहरूको शेयरमूल्य उच्चदरमा घटयो । १६ कम्पनीको शेयरमूल्य रू. १० देखि रू. १ सय ३४ सम्म घटेको छ । तीमध्ये अधिकांश कम्पनीको विक्रीमा आएका शेयर सङ्ख्या पनि हजारभन्दा बढी छ । सोमवार बजार बन्द हुँदा घटेर ३ सय ७० दशमलव १५ बिन्दुमा आइपुगेको छ । नेप्सेसँगै ँक’ वर्गमा सूचीकृत कम्पनीहरूको सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको मापक फ्लोट परिसूचक पनि घटेका छन् ।

सोमवार खरिद/विक्री भएका ६ समूहमध्ये जलविद्युत् र बीमाबाहेक सबै समूहको परिसूचक घटे । जलविद्युत् समूहको परिसूचक १३ अङ्कले बढेको भए पनि बैङ्किङ र 'अन्य’ समूहको परिसूचक उच्च अङ्कले घटे । चिलिमे र नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्य क्रमश: रू. ५१ र १ ले बढेपछि जलविद्युत् समूहको परिसूचक बढेको हो । त्यसैगरी, स्टयाण्डर्ड चार्टर्ड, नबिल, एभरेष्ट, बैङ्क अफ काठमाण्डू, नेपाल इन्भेष्टमेण्ट, ग्लोबल, लुम्बिनीलगायत बैङ्कको शेयरमूल्य घटेपछि बैङकिङ समूहको परिसूचक १२ दशमलव ११ अङ्कले घटयो । 'अन्य’  समूहको नेपाल टेलिकमको शेयरमूल्य पनि रू. १० ले घटेपछि यो परिसूचक ११ दशमलव ७५ अङ्कले तल झर्यो ।   

सोमवार कम्पनी र खरीद/विक्री सङ्ख्या बढे पनि शेयर सङ्ख्या र रकम परिचालन घटे । ५९ कम्पनीका ९ सय ४८ खरीद/विक्रीबाट १ लाख ८ हजार शेयर किनबेच भए, जसबाट रू.४ करोड ३५ लाखबराबर रकम परिचालन भयो भने रू. ३ खर्ब २९ अर्बको कुल बजार पूँजीकरण भयो । सोमवार २७ कम्पनीको शेयरमूल्य घटयोे, २७ कम्पनीको शेयर मूल्य बढयो भने बाँकीको स्थिर रह्यो ।

सोमवार कारोबार सङ्ख्या, शेयर सङ्ख्या र रकम परिचालन सबैको आधारमा बैङ्क अफ काठमाण्डू अग्रस्थानमा रह्यो । बैङ्कको १ सय ३१ कारोबारबाट २२ हजार ६ सय ९८ शेयर किनबेच भई रू.१ करोड ४२ लाखको कारोबार भयो । सो दिन स्टयाण्डर्ड चार्टर्ड बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. १ सय ३४ ले घटयो भने चिलिमे जलविद्युत्को शेयरमूल्य सबैभन्दा धेरै रू. ५१ ले बढयो ।

नेप्सेको स्पष्टीकरण
नेप्सेले आइतवारको नेप्से परिसूचकको गणनामा कुनै गल्ती नभएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । तर, प्रतिशत परिवर्तन भने ४ दशमलव ३० हुनुपर्नेमा गल्तीले ५ दशमलव ३४ भएको स्वीकार गरेको छ । नेप्सेले सो गल्ती सच्चाएर प्रणालीमा समायोजन गरिसकेको पनि जानकारी दिएको छ ।    

Admin 2011-07-19