शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्सेमा सामान्य सुधार, कारोबार रकम घटयो
फागुन ३, काठमाडौं (अस)। आठ दिनपछि नेप्सेमा शून्य दशमलव ७६ अङ्कको सामान्य सुधार भएको छ । मङ्गलवार कारोबार अवधिभर एकपटक मात्र अघिल्लो दिनको बन्द बिन्दुभन्दा तल झरेको नेप्से बन्द हुँदा ४ सय ४ दशमलव ४७ मा पुग्यो । मङ्गलवार रकम परिचालन भने सामान्य घटेको छ । कारोबारमा आएका ७ समूहमध्ये बैङ्किङ समूहबाहेक सबै समूहका परिसूचकमा सुधार आएपछि नेप्से बढेको हो । नेप्सेसँगै 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र र्सवसाधारण लगानीकर्ताहरुले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि बढयो ।

बैङ्किङ समूहमा सूचीकृत नबिल, स्टयाण्डर्ड चार्टर्ड र एभरेष्ट बैङकको शेयर मूल्य रू.२० देखि ३६ सम्म घटेपछि यो समूहको परिसूचक घटेको हो । मङ्गलवार होटल र जलविद्युत् समूहको परिसूचक सबैभन्दा धेरै ६ अङ्कभन्दा धेरैले बढयो । ओरिएण्टल र सोल्टी होटलको शेयर मूल्य रू.४ ले बढेपछि होटल समूहको परिसूचक बढयो । चिलिमे र नेशनल हाइड्रोपावरको शेयर मूल्य क्रमशः रू. १७ र ३ ले बढेपछि जलविद्युत् समूहको परिसूचक बढयो ।  नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य रू.४ ले बढेपछी 'अन्य’ समूहको परिसूचक पनि ४ अङ्कभन्दा धेरैले बढयो । त्यसैगरी बीमा, विकास बैङ्क र वित्त कम्पनी समूहका परिसूचक पनि क्रमशः ३ दशमलव ७६, १ दशमलव ९५ र शून्य दशमलव ९७ अङ्कले बढे ।

मङ्गलवार कारोबारमा आएका कम्पनी र कारोबार सङ्ख्या बढे पनि शेयर सङ्ख्या र रकम परिचालन घटेको छ । तर, कुल बजार पूँजीकरण भने सामान्य बढेको छ । यस दिन १ हजार ९ सय ७० कारोबारबाट  ८७ हजार ३ सय ५ शेयरको खरीद-विक्री भई रू. २ करोड ३७ लाखभन्दा बढी रकम परिचालन भयो । यसबाट ३ खर्ब ५३ अर्ब कुल बजार पूँजीकरण भएको छ । मङ्गलवार कारोबारमा आएका ८२ मध्ये ४५ कम्पनीको शेयर मूल्य बढयो, २४ कम्पनीको शेयर मूल्य घटयो भने बाँकीको स्थिर रहयो ।
 
मङ्गलवार शेयर र कारोबार सङ्ख्याको आधारमा अग्रस्थानमा रहेको ज्योति विकास बैङ्कको अधिकांश शेयर ससानो परिमाणमा म्याचिङ भएको छ । ज्योति विकास बैङ्कको ६ सय ३५ कारोबारबाट १७ हजार ४ सय २० शेयर किनबेच भयो । कारोबार रकमको आधारमा स्टयाण्डर्ड चार्टर्ड बैङ्कको सबैभन्दा धेरै रू. ५२ लाख ७ सय ५५ रकम करोबार भयो ।   मङ्गलवार नबिल बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. ३२ ले घटयो भने चिलिमे जलविद्युत् र भिबोर विकास बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. १७ ले बढयो ।

Admin 2011-02-16