शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

माघ ३, काठमाडौं । आइतवार जस्तै सोमवार पनि चिलिमे हाइड्रोपावर कम्पनीले नेप्से परिसूचक बढाउन प्रमुख भूमिका खेल्यो । सोमवार चिलिमेको शेयर १४ पटक किनबेच भए र अन्तिम कारोबारमा यस कम्पनीको मूल्य रू.२९ ले बढेपछि नेप्से शून्य दशमलव ५९ अङ्क उकालो लागेको हो । नेप्सेको वृद्धिलाई 'अन्य', बैङकिङ र बीमा समूहका परिसूचकले पनि सघाए । चिलिमेसँगै अरुणभ्याली हाइड्रोपावर कम्पनीको शेयर पनि रू.४ बढेपछि जलविद्युत् समूहको परिसूचक सबैभन्दा धेरै ९ दशमलव १७ अङ्कले बढयो । त्यस्तै, 'अन्य', बीमा र बङ्किङ समूहका परिसूचक क्रमशः १ दशमलव १७, शून्य दशमलव ६५ र शून्य दशमलव ३७ अङ्कले बढे । सोमवार नेप्से बढेपछि 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारण लगानीकर्ताहरूले सजिलै खरीद गर्न सक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक पनि बढे ।

सोमवार कारोबारमा आएका ६ समूहमध्ये विकास बैङ्क र वित्त कम्पनी समूहका परिसूचक भने घटे । कारोबारमा आएका कम्पनीको सङ्ख्यासँगै कारोबार सङ्ख्या, शेयर सङ्ख्या, रकम परिचालन र कुल बजार पूँजीकरणमा पनि वृद्धि भयो । सोमवार १ हजार ७ सय ५५ कारोबारबाट ७६ कम्पनीहरूका ८५ हजार ५ सय १७ कित्ता शेयर खरीद-विक्री भई रू. २ करोड ३५ लाखभन्दा बढी रकम परिचालन भयो । त्यसबाट रू. ३ खर्ब ५ अर्ब भन्दा बढीको कुल बजार पूँजीकरण भयो ।  

सोमवार कारोबारमा आएका ३१ कम्पनीको शेयर मूल्य घटयो, ३० को बढयो भने १६ को स्थिर रहयो । कारोबार सङ्ख्याका आधारमा गौरीशङ्कर डेभलपमेण्ट बैङ्क र शेयर सङ्ख्याका आधारमा मनकामना डेभलपमेण्ट बैङ्क अग्रस्थानमा रहे । गौरीशङ्कर डेभलपमेण्ट बैङ्कका ३ सय ४१ कारोबार भए भने मनकामना डेभलपमेण्ट बैङ्कका ८ हजार ३ सय ४० कित्ता शेयर किनबेच भए । कारोबार रकमका आधारमा चिलिमे जलविद्युत् कम्पनीको सबैभन्दा धेरै रू.३८ लाख ७ हजार ४ सय २० को कारोबार भयो । सोमवार चिलिमेको शेयर सबैभन्दा धेरै महँगियो भने ज्योति विकास बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. २८ ले सस्तियो ।