शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

बैङ्किङ समूहले बढायो नेप्से
साउन ३, काठमाडौं (अस) । मङ्गलवार बैङ्किङ समूहमा आएको सुधारले नेप्से परिसूचक करीब ४ अङ्कले बढयो । बैङ्किङ समूहमा सूचीकृत १६ कम्पनीको शेयरमूल्य बढेपछि यो समूह ७ दशमलव ३९ अङ्कले बढयो । प्रतिशतका आधारमा सबैभन्दा धेरै शेयरमूल्य बढ्ने वाणिज्य बैङ्कहरूमा सिध्दार्थ, प्राइम कमर्शियल, लुम्बिनी, नेपाल इन्भेष्टमेण्टलगायत रहेका छन् । विकास बैङ्क समूहको परिसूचक बढ्दा नेप्से बढ्न थप सहयोग पुग्यो । मङ्गलवार सीटी डेभलपमेण्ट बैङ्क, अल्पाइन डेभलपमेण्ट बैङ्क, पशुपति विकास बैङ्क, छिमेक लघुवित्त विकास बैङ्कलगायतको शेयरमूल्य ९ प्रतिशतसम्म वृद्धि भएपछि विकास बैङ्क समूहको परिसूचक सामान्य बढयो । नेप्से ३ दशमलव ९९ अङ्कले बढेर ३ सय ७४ दशमलव १४ मा पुग्यो । नेप्सेसँगै सेन्सेटिभ र  फ्लोट परिसूचक पनि बढे ।

मङ्गलवार खरीद-विक्री भएका ६ समूहमध्ये 'अन्य’ समूहको परिसूचक स्थिर रह्यो भने वित्त कम्पनी, बीमा र जलविद्युत् समूहका परिसूचक घटे । ती समूहका परिसूचक क्रमश: २ दशमलव शून्य १, १ दशमलव ६३ र १ दशमलव २२ अङ्कले घटे । जलविद्युत् समूहअन्तर्गतको नेशनल हाइड्रोपावर कम्पनीका ३ लाखभन्दा बढी कित्ता शेयर विभिन्न ब्रोकरमार्फत म्याचिङ भए पनि त्यो कम्पनीको शेयरमूल्य भने रू. २ ले घटयो । त्यसैगरी, राष्ट्रिय बीमा संस्थानको ३० कित्ता शेयर रू. ५० मूल्य बढेर किनबेच भएको छ । तर, नेपाल लाइफ, प्राइम लाइफ इन्स्योरेन्सलगायत कम्पनीको शेयरमूल्य घटेपछि बीमा समूहको परिसूचक घटेको हो ।

मङ्गलवार कम्पनी, कारोबार सङ्ख्या, शेयर सङ्ख्या र रकम परिचालन सबै बढे । १ हजार ९ खरीद-विक्रीबाट ७९ कम्पनीका ४ लाख २५ हजार २ सय ५२ शेयर किनबेच भए । त्यसबाट रू. ५ करोड ६८ लाखबराबरको रकम परिचालन भएको छ भने रू. ३ खर्ब ३३ अर्बको कुल बजार पूँजीकरण भयो । मङ्गलवार ३३ कम्पनीको शेयरमूल्य बढयो, ३६ कम्पनीको शेयरमूल्य घटयो, भने बाँकीको स्थिर रह्यो ।

मङ्गलवार किनबेच भएका शेयर सङ्ख्या र रकम परिचालनका आधारमा बैङ्क अफ काठमाण्डू अग्रस्थानमा रह्यो । १ सय ३ कारोबारबाट बैङ्कका २४ हजार १ सय २३ कित्ता शेयर किनबेच भई रू. १ करोड ४७ लाखको कारोबार भयो । शेयर सङ्ख्याका आधारमा नेशनल हाइड्रोपावर अग्रस्थानमा रह्यो । सो दिन स्टयाण्डर्ड चार्टर्ड बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. ३९ ले बढयो भने एभरेष्ट बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. २१ ले घटयो ।

Admin  2011-07-20