नेप्सेको वृद्धि कायमै
भदौ ४, काठमाडौं । मङ्गलवारबाट बढ्न शुरू गरेको नेप्से परिसूचक बुधवार पनि २ दशमलव ९२ अङ्कले बढयो । विगत दुई सातादेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक बढ्न शुरू गरेपछि बजारमा सुधारका सङ्केत देखिएको जानकारहरूको भनाइ छ । मङ्गलवार ३ सय १७ को तहबाट बढेर ३ सय २० मा बन्द भएको नेप्से बुधवार ३ सय २३ भन्दा माथि पुगेको छ । बुधवार नेप्से बढेपछि सेन्सेटिभ र फ्लोट परिसूचक पनि बढे ।
बुधवार कारोबार भएका सातमध्ये पाँच समूहको परिसूचक बढेपछि नेप्से बढेको हो । बुधवार नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य रू. ८ ले बढेपछि 'अन्य' समूहको परिसूचक सबैभन्दा धेरै १ दशमलव ९९ प्रतिशत बढयो । जलविद्युत् समूहअन्तर्गतका चिलिमे र बुटवलपावर कम्पनीको शेयरमूल्य क्रमश: १० र ९ रुपैयाँले बढेपछि यो समूहको परिसूचक १ दशमलव ३२ प्रतिशतले बढयो । त्यसैगरी, एभरेष्ट, लक्ष्मी र नेपाल एसबीआई बैङ्कको शेयरमूल्य क्रमश: २३, १३ र ९ रुपैयाँले घटे पनि नबिल, स्ट्याण्डर्ड चार्टर्ड, इन्भेष्टमेण्ट, सिटिजन्सलगायत बैङ्कको शेयरमूल्य बढेपछि यो समूहको परिसूचक लगभग १ प्रतिशत बढयो । साथै, होटल र वित्त कम्पनी समूहका परिसूचक भने क्रमश: शून्य दशमलव २ र शून्य दशमलव शून्य ७ प्रतिशत घटे । त्यसैगरी विकास बैङ्क र बीमा समूहका परिसूचक क्रमश: शून्य दशमलव ११ र शून्य दशमलव ४५ प्रतिशत बढे । अघिल्लो दिनको तुलनामा बुधवार कम्पनी सङ्ख्या, कारोबार सङ्ख्या, शेयर सङ्ख्या र रकम परिचालन घटे पनि कुल बजार पूँजीकरण भने बढयो । बुधवार ९ सय ५० कारोबारबाट ७६ कम्पनीका ८३ हजार ७ सय १ कित्ता शेयर किनबेच भए । त्यसबाट रू. १ करोड ३६ लाख रकम परिचालन भयो भने २ खर्ब ९३ अर्बको कुल बजार पूँजीकरण भयो । बुधवार रू. २० लाख ३५ हजारभन्दा धेरैको शेयर कारोबार भएर लक्ष्म्ाी बैङ्क सबैभन्दा धेरै कारोबार गर्नेको सूचीमा पर्यो । त्यसैगरी, जेनिथ फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ६ दशमलव ६७ प्रतिशत सस्तियो भने रेसुङ्गा विकास बैङ्कको शेयर सबैभन्दा धेरै ९ दशमलव ६६ प्रतिशत महँगो भयो ।
Admin 2011-09-22