शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  
कारोबार रकमको आधा हिस्सा ४ कम्पनीको
फागुन ४, काठमाण्डौं (अस)। बुधवार अघिल्लो दिनको तुलनामा नेप्सेमा सामान्य सुधार भए पनि कारोबार रकम झण्डै आधाले घटयो । बुधवार नेप्से शून्य दशमलव ९७ अङ्कले बढेर ४ सय ५ दशमलव ४४ पुग्यो । तर, अघिल्लो दिनको तुलनामा कारोबार रकम करीब रू. ७६ लाखले घटेर १ करोड ६१ लाखमा सीमित भयो । बुधवार ज्योति विकास बैङ्क, गरिमा विकास बैङ्क, एभरेष्ट बैङ्क, चिलिमे जलविद्युत् र नेपाल दूरसञ्चार कम्पनीको मात्रै कुल कारोबार रकमको झण्डै आधाबराबरको कारोबार भयो । कारोबारमा  आएका  ७ समूहमध्ये ५ समूहको परिसूचक बढयो भने  अरू दुइ समूहको परिसूचक घटयो । बुधवार जलविद्युत् समूहको परिसूचक सबैभन्दा धेरै १३ दशमलव ३ अङ्कले बढयो । चिलिमे जलविद्युत् कम्पनीको शेयर मूल्य रू. ३८ ले बढेपछि यस समूहको परिसूचकमा उच्च वृद्धि देखिएको हो । नबिल, एभरेष्टलगायत बैङ्कको शेयर मूल्य घटे पनि स्टयाण्डर्ड चार्टर्ड र बैङ्क अफ काठमाण्डूको शेयर मूल्य बढेपछि बैङ्किङ समूहको परिसूचक पनि उकालो लाग्यो । बुटवल, शुभलक्ष्मी फाइनान्सलगायत अन्य फाइनान्स कम्पनीको शेयर मूल्य घटेपछि यस समूहको परिसूचक घटेको हो । यसैगरी प्राइम लाइफ र सूर्या लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा आएको कमीसगै बीमा समूहको परिसूचक घटयो । नेप्सेमा भएको सामान्य वृद्धिसगै सेन्सेटिभ र फ्लोट परिसूचक पनि सामान्य बढे ।

बुधवार ससानो परिमाणमा म्याचिङ कारोबार भएको ज्योति विकास बैङ्कले नेप्सेको कारोबारलाई धेरै नै राहत दियो । बुधवार भएको कुल कारोबार रकमको झण्डै १८ प्रतिशत हिस्सा ज्योति विकास बैङ्कले ओगटयो । यस बैङ्कको रू. २८ लाखभन्दा बढी कारोबार भएको छ । बुधवार अघिल्लो दिनको तुलनामा कारोबार रकम, कम्पनी सङ्ख्या र शेयर सङ्ख्या पनि घटे । बुधवार १ हजार ६ सय कारोबारमार्फत ७५ कम्पनीका ७२ हजार ७ सय ५७ शेयरको  खरीद-विक्री भए । कारोबारमा आएकामध्ये ३३ कम्पनीको शेयर मूल्य घटयो, ३० को बढयो भने १२ कम्पनीको शेयर मूल्य स्थिर रहयो । प्रतिशतका आधारमा बुधवार काबेली, उद्यम र भिबोर विकास बैङ्कको शेयर सबैभन्दा धेरै बढयो भने सेवा विकास बैङ्क, शुभलक्ष्मी फाइनान्स र विश्व विकास बैङ्कले सबैभन्दा धेरै कमाएका छन् ।

बुधवार कारोबार सङ्ख्या, शेयर सङ्ख्या र कारोबार रकमका आधारमा ज्योति विकास बैङ्क सबैभन्दा अगाडि रहयो । यसका ५ सय १ कारोबारमार्फत २१ हजार ९ सय ३० कित्ता शेयरको खरीद-विक्री भयो । बुधवार विश्व विकास बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. २४ ले घटयो भने चिलिमे जलविद्युत् कम्पनीको सबैभन्दा धेरै रू. ३८ ले बढयो ।

Admin 2011-02-17