शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्सेको वृद्धि जारी, अबको लक्ष्य ४ सय
साउन ४, काठमाडौं (अस) । बुधवार अधिकांश कम्पनीको शेयरमूल्य बढेपछि नेप्से परिसूचक ६ अङ्कले बढयो । स्टयाण्डर्ड चार्टर्ड, नबिल, हिमालयनलगायत वाणिज्य बैङ्कका साथै एलआईसी नेपाल, राष्ट्रिय बीमा संस्थान, नागरिक लगानी कोष र नेपाल टेलिकमको शेयरमूल्य १ देखि ८ प्रतिशतसम्म बढेकाले ती कम्पनीहरू सूचीकृत समूहका परिसूचकसँगै नेप्से बढेर ३ सय ८० मा पुग्यो । यही गतिमा बढ्दै गएमा नेप्सेको अबको लक्ष्य ४ सय हुने प्राविधिक विश्लेषणले देखाएको छ ।

बुधवार नेपाल टेलिकमको शेयरमूल्य रू. १४ ले बढेपछि 'अन्य’ समूहको परिसूचक सबैभन्दा धेरै १६ अङ्कले बढयो । त्यसैगरी, बीमा तथा बैङ्किङ समूहका परिसूचक क्रमश: ७ दशमलव ६६, ६ दशमलव ४७ अङ्कले बढे । नेप्सेसँगै 'क’ वर्गमा सूचीकृत कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै किनबेच गर्नसक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि बढे ।

बुधवार कारोबार भएका ६ समूहमध्ये वित्त कम्पनी र जलविद्युत्  समूहबाहेक सबै समूहका परिसूचक बढे । जलविद्युत् समूहको परिसूचक सबैभन्दा धेरै १६ दशमलव शून्य ४ अङ्कले घटयो भने वित्त कम्पनी समूहको परिसूचक सामान्य घटयो । जलविद्युत् समूहअन्तर्गतका चिलिमे, अरुणभ्याली र नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्य क्रमश:  रू. ४५, ८ र १ ले घटेपछि यो समूहको परिसूचक ओरालो लागेको हो । बुधवार शेयर किनबेच भएका कम्पनी सङ्ख्या, कारोबार सङ्ख्याका साथै शेयर सङ्ख्या र रकम परिचालन सबै घटे । कुल ९ सय २८ कारोबारबाट ७८ कम्पनीका १ लाख ३९ हजार ५ सय ८४ कित्ता शेयर किनबेच भए । त्यसबाट रू. ४ करोड ६५ लाखबराबरको रकम परिचालन भयो भने रू. ३ खर्ब ३८ अर्बको कुल बजार पूँजीकरण भयो । बुधवार ४५ कम्पनीको शेयरमूल्य बढयो, २७ को शेयरमूल्य घटयो, भने बाँकीको स्थिर रह्यो ।

बुधवार कारोबार सङ्ख्या र रकम परिचालनका आधारमा बैङ्क अफ काठमाण्डू अग्रस्थानमा रह्यो । ६१ पटक भएको खरीद-विक्रीबाट यो बैङ्कका १ हजार ५ सय ९४ कित्ता शेयर किनबेच भई रू. ७१ लाख ४ हजारको कारोबार भयो । त्यसैगरी, शेयर सङ्ख्याका आधारमा प्राइम कमर्शियल बैङ्क अग्रस्थानमा रह्यो । बैङ्कका १२ हजार ३० कित्ता शेयर किनबेच भए । बुधवार स्टयाण्डर्ड चार्टर्ड बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. ६३ ले बढयो भने चिलिमे जलविद्युत् कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै रू. ४५ ले घटयो ।

Admin 2011-07-21