शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से ओरालैतिर
जेठ ५, काठमाडौं (अस)। साताको अन्तिम दिन बिहीवार पनि नेप्से घट्ने क्रम जारी रह्यो । तर, कारोबार रकम भने दोब्बरले बढेको छ । पिपुल्स फाइनान्स र प्रोग्रेशिभ फाइनान्सको शेयर बल्क म्याचिङ  भएपछि कारोबार रकम बढेको हो । पिपुल्स फाइनान्सको ब्रोकर नम्बर १४ बाट ४० हजार शेयर किनबेच भई रू. ८८ लाखभन्दा बढी रकमको कारोबार भएको छ । प्रोग्रेशिभ फाइनान्सको ब्रोकर नम्बर ३२ र ७ बीच भएको कारोबारबाट २१ हजार शेयर किनबेच भई रू. २९ लाखभन्दा बढी रकमको कारोबार भएको छ । यसदिन नेप्सेसँगै 'क’ वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारणहरूले सजिलै खरीदविक्री गर्न सक्ने शेयरहरूको कारोबार मापक परिसूचक फ्लोट परिसूचक पनि घटेका छन् ।

बिहीवार कारोबारमा आएका ६ समूहमध्ये जलविद्युत्, बैङ्किङ, वित्त कम्पनी, बीमा र 'अन्य’ समूहको परिसूचक घटेपछि नेप्से घटेको हो । बिहीवार बुटवल हाइड्रोपावर, कास्की फाइनान्स, चिलिमे जलविद्युत्  एभरेष्ट बैङ्कलगायतको शेयरमूल्य  रू. २५ देखि रू. ६६ घटेपछि नेप्से घटेको हो । यस दिन विकास बैङ्क समूहको परिसूचक भने शून्य दशमलव ३ अङ्कले बढयो । विकास बैङ्क समूहमा सूचीकृत काबेली, विराट लक्ष्मी, क्लिन इनर्जी, काष्ठमण्डप विकास बैङ्कलगायत कम्पनीहरूको शेयरमूल्य बढेपछि यो समूहको परिसूचक बढेको हो ।

बिहीवार कम्पनी सङ्ख्या घटे पनि शेयर र कारोबार सङ्ख्या बढेका छन् । यस दिन ८३ कम्पनीका १ हजार ५ सय २३ कारोबारबाट १ लाख ४० हजार शेयर किनबेच भएका छन् । यसबाट रू. ३ खर्ब ६ अर्ब रकमको कुल बजार पूँजीकरण भएको छ ।

यस दिन ४९ कम्पनीको शेयरमूल्य घटयो, २३ कम्पनीको शेयरमूल्य बढयो भने बाँकीको स्थिर रह्यो । यस दिन कारोबार सङ्ख्याको आधारमा सबैभन्दा धेरै ३ सय ८ कारोबार भएको तिनाउ विकास बैङ्क अग्रस्थानमा रह्यो । शेयर सङ्ख्या र कारोबार रकमको आधारमा पिपुल्स फाइनान्स अग्रस्थानमा रह्यो । बिहीवार नबिल बैङ्कको शेयरमूल्य धेरै रू. २२ ले बढयो भने बुटवल हाइड्रोपावर कम्पनीको  शेयरमूल्य सबैभन्दा धेरै रू. ६६ ले घटयो ।

Admin 2011-05-20