सोल्टीको आडमा नेप्सेको सुधार
पुस ५, काठमाडौं । साताको दोस्रो दिन सोमवार नेप्से शून्य दशमलव ३८ अङ्कले बढेर ३ सय ९१ दशमलव ३५ पुग्यो । होटल समूहको परिसूचक ९ अङ्कले बढेपछि त्यसको प्रत्यक्ष प्रभाव नेप्सेमा परेको देखिन्छ । होटल समूहमा सूचीकृत सोल्टी होटलको शेयर मूल्य रू. ८ ले बढेपछि यो समूहको परिसूचक बढेको हो । साथै बैङ्किङ, वित्त कम्पनी र विकास बैङ्क समूहका परिसूचकमा पनि सामान्य सुधार आएपछि नेप्सेलाई टेवा मिलेको हो । सोमवार दिउँसो नेप्से ३ सय ९२
दशमलव ५ अङ्कसम्म पुगे पनि कारोबार अन्त्य हुनै लाग्दा घटेर बन्द भयो । स्टयार्ण्र्डड चार्र्टर्ड र नबिल बैङ्कको शेयर मूल्य क्रमशः रू. ३६ र २३ ले बढेकाले दिउँसो नेप्से बढेको थियो ।
तर, अपराह्न यी सबैको शेयर घट्न शुरू गरेपछि नेप्से पनि ओरालो लागेको हो । सोमवार नेप्से घटेपछि 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र र्सवसाधारण लगानीकर्ताले सजिलै खरीद गर्न सक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचकमा पनि सुधार भयो । सोमवार कारोबारमा आएका सात समूहमध्ये जलविद्युत्, बीमा र 'अन्य' समूहको परिसूचक सामान्य घटयो भने अरू बढे । सोमवार १ हजार ७ सय ९९ कारोबारबाट ९३ हजार ५ कित्ता शेयर खरीद-विक्री भई रू. २ करोड ४२ लाखभन्दा बढीको रकम परिचालन भयो । यसबाट रू. ३ खर्ब ३५ अर्ब भन्दा बढीको कुल बजार पूँजीकरण भयो । कारोबारमा आएका ७५ कम्पनीमध्ये ३७ कम्पनीको शेयर मूल्य घटयो, २९ कम्पनीको शेयर मूल्य बढयो भने नौ कम्पनीको शेयर मूल्य स्थिर रह्यो र≈यो । कारोबार रकमका आधारमा बैङ्क अफ काठमाण्डू, शेयर सङ्ख्याका आधारमा मनकामना डेभलपमेण्ट बैङ्क र कारोबार सङ्ख्याका आधारमा जेनिथ फाइनान्स अग्रस्थानमा देखिए । बैङ्क अफ काठमाण्डूको रू.३९ लाख ५१ हजारको कारोबार भयो । मनकामना डेभलपमेण्ट बैङ्कको ११ हजार ७ सय १० कित्ता शेयर खरीद-विक्री भयो भने जेनिथ फाइनान्सको २ सय ६२ ओटा कारोबार भए ।