शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्सेमा बिहीवारे प्रभाव
माघ ६, काठमाडौं (अस)।  प्रायः साताको अन्तिम कारोबारका दिन बिहीवार नेप्से बढ्ने प्रवृत्ति गत केही महीना रोकिए पनि अहिले पुनः शुरू भएको छ । पुस महीनाका तीनओटै बिहीवार घटेको नेप्से त्यसयताको बिहीवारहरूमा भने बढेको छ । यस महीनाको पहिलो बिहीवार नेप्से २ दशमलव ५७ अङ्कले बढेर ४ सय ६ दशमलव ९ मा पुग्यो । बिहीवार कारोबार शुरू भएको २१ मिनेटमा नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य रू. ८ ले बढेपछि नेप्सेमा सुधार आएको थियो । तर, सो समयपछि नेपाल दूरसञ्चार कम्पनीको कारोबार नभएर अन्य कम्पनीहरूको शेयर मूल्य पनि  घटेकाले नेप्से पुनः आरालो लागेको थियो । करीब १ बजेर ४५ मिनेटजाँदा एभरेष्ट बैङ्कको र बजार बन्द हुने बेलातिर चिलिमे जलविद्युत्को शेयर मूल्य बढेर कारोबार भएपछि नेप्से बढेर बजार बन्द भयो । बिहीवार नेप्से बढेपछि 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारण लगानीकर्ताहरूले सजिलै खरीद गर्न सक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक पनि बढे ।

बिहीवार कारोबारमा आएका ७ समूह मध्ये 'अन्य' ,बीमा, जलविद्युत् , बैङिकङ र वित्तसमूहको परिसूचक बढे । यी समूहको परिसूचक क्रमशः ८ दशमलव २२ ,६ दशमलव ५१, ४ दशमलव ३२ ,२ दशमलव शून्य ८ र शून्य दशमलव शून्य १ ले बढेका छन् । त्यस्तै, विकास बैङ्क, र होटल समूहको परिसूचक क्रमशः २ दशमलव ४७ र २ दशमलव ४६ ले घटे ।  

बिहीवार करोबारमा आएका कम्पनीहरूको सङ्ख्या र शेयर सङ्ख्या घटे पनि कारोबार सङ्ख्या, रकम परिचालन र कुल बजार पूँजीकरण सामान्य बढयो । बिहीवार ७१ कम्पनीहरूको १ हजार ४ सय ३६ कारोबारबाट ५३ हजार ७ सय ५५ शेयर खरीद-विक्री भई रू. १ करोड ३४ लाखभन्दा बढी रकम परिचालन भएको छ । यसबाट ३ खर्ब ५५ अर्बभन्दा बढीको कुल बजार पूँजीकरण भयो ।  

बिहीवार कारोबारमा आएका मध्ये ३६ कम्पनीको शेयर मूल्य बढयो, २२ कम्पनीको शेयर मूल्य घटयो भने १३ कम्पनीको शेयर मूल्य स्थिर रहयो ।

बिहीवार कारोबार सङ्ख्याको आधारमा गौरीशङ्कर डेभलपमेण्ट बैङ्क  र शेयर सङ्ख्याको आधारमा मनकामना डेभलपमेण्ट बैङ्क अग्रस्थानमा रहे । गौरीशङ्कर डेभलपमेण्ट बैङ्कको शेयर ३ सय कारोबार भयो भने मनकामना डेभलपमेण्ट बैङ्कको ३ हजार ६ सय ६० शेयर किनबेच भयो । कारोबार रकमका आधारमा एभरेष्ट बैङ्कले सबैभन्दा धेरै रू.१० लाख ८७ हजारभन्दा बढीको करोबार गर्यो । कारोबारमा आएका मध्ये नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य सबैभन्दा धेरै रू.४४ ले बढयो भने गरिमा विकास बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. ३० ले घटयो ।