शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

दूरसञ्चारले बढायो नेप्से
चैत ७, काठमाडौं (अस)। सोमवार नेपाल दूरसञ्चार कम्पनी सूचीकृत 'अन्य' समूहको परिसूचकमा भएको वृद्धिले नेप्से बढायो । दोस्रो कारोबारबाट नै बढ्न थालेको नेपाल दूरसञ्चारको शेयरमूल्य अन्तिम दुई कारोबारमा रू. ११ ले बढेपछि नेप्से बढेको हो । सोमवार नेप्से १ दशमलव ८६ अङ्कले बढेर ३ सय ७९ दशमलव ४६ बिन्दुमा पुग्यो । कारोबारको मध्यतिर नबिल र स्टयार्ण्र्डड चार्टर्ड बैङ्कको शेयरमूल्य पनि बढेर कारोबार हुन थालेपछि नेप्से बढ्न थप सहयोग पुग्यो । तर, नबिलको ३ सय ४७ कित्ता मध्ये २ सय १० कित्ता शेयर किन्ने र स्टयार्ण्र्डड चार्टर्डको १ सय ५५ कित्ता शेयर मध्ये ७९ कित्ता शेयर किन्ने लगानीकर्ताहरूले भने प्रतिशेयर रू. १० गुमाएका छन् । सोमवार नेप्सेसँगै 'क’ वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सवसाधारणले सजिलै खरीद-विक्री गर्नसक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि बढे ।  

सोमवार कारोबारमा आएका ७ समूहमध्ये बैङ्किङ, होटल र 'अन्य’ समूहको परिसूचक बढयो । यी समूहको परिसूचक क्रमशः शून्य दशमलव ५७,  शून्य दशमलव ५६ र १२ अङ्कले बढयो । होटल समूहमा सूचीकृत सोल्टी र ओरियण्टल होटलको शेयरमूल्य स्थिर रहयो भने तारागाउँ रिजेन्सीको शेयरमूल्य रू. १ ले बढयो । सोमवार १ हजार ६ सय कारोबारबाट ८४ कम्पनीका ६७ हजार ८ सय ६६ कित्ता शेयर किनबेच भई रू. १ करोड ४७ लाखभन्दा बढीको कारोबार भयो । त्यसैगरी, रू ३ खर्ब ३५ अर्बको कुल बजार पूँजीकरण भयो ।

सोमवार कारोबार भएका ४८ कम्पनीको शेयरमूल्य घटयो, २४ कम्पनीको शेयरमूल्य बढयो भने बाँकीको स्थिर रहयो । कारोबार सङ्ख्याका आधारमा गरिमा विकास बैङ्क र शेयर सङ्ख्याका आधारमा ज्योति विकास बैङ्क अग्रस्थानमा रहे । गरिमा विकास बैङ्कको शेयर २ सय ८ पटक किनबेच भए भने ज्योति विकास बैङ्कका ६ हजार ३ सय २० कित्ता शेयर खरिद-विक्री भए । रकम परिचालनका आधारमा भने बैङ्क अफ काठमाण्डूको सबैभन्दा धेरै रू. २१ लाख २४ हजारभन्दा धेरै कारोबार भयो । सोमवार वागेश्वरी विकास बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. ३५ ले घटयो भने एभरेष्ट बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. ३८ ले बढयो ।

Admin 2011-03-22