शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से घटयो, कारोबार रकम बढयो
फागुन ८, काठमाडौं (अस)। साताको पहिलो दिन आइतवार नेप्से घटे पनि कारोबार रकम बढेको छ । कारोबारमा आएका ७८ कम्पनी मध्ये ४५ कम्पनीको शेयर मूल्य रू.१ देखि ६७ रुपैयाँसम्म घटेपछि नेप्से बढ्न सकेन । शेयर मूल्य घटेर कारोबार हुने ४५ कम्पनीमध्ये १० कम्पनीको शेयर मूल्य  रू. १० भन्दा बढीले घटयो । फलस्वरूप नेप्से ३ दशमलव शून्य ४ अङ्कले घटेर ४ सय ५ दशमलव १५ बिन्दुमा आइपुग्यो । कारोबार रकम भने ३१ दशमलव ५५ प्रतिशतले बढ्दै २ करोड ३५ लाखभन्दा बढी भयो । पशुपति डेभलपमेण्ट बैङ्कको ५६ हजार ३ सय शेयर बल्क म्याचिङ भएर कारोबार भएपछि कारोबार रकम बढेको देखिन्छ । बैङ्कको शेयर ब्रोकर नम्बर १८ बाट दुइपटक कारोबार भई रू. ७८ लाख ८२ हजार रकम कारोबार भयो । आइतवार 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारण लगानीकर्ताहरूले सजिलै खरीद गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि घटेको छ ।  

आइतवार आठ समूहको कारोबार भए पनि तीन समूहको परिसूचक मात्र बढेको छ । होटल र उत्पादनमूलक समूहको परिसूचक १ अङ्कभन्दा बढी र वित्त कम्पनीको परिसूचक शून्य दशमलव १३ ले बढयो । सोल्टी होटलको शेयर मूल्य रू. १ ले बढेपछि होटल समूहको र बोर्टलर्स नेपाल (तराई) को शेयर मूल्य रू १५ ले बढेपछि उत्पादनमूलक समूहको परिसूचक बढेको हो । जनरल, सूर्य दर्शन, रिलायबल र युनिक फाइनान्सको शेयर मूल्य रू. ४ देखि १४ सम्म बढेपछि यो समूहको परिसूचक बढेको हो । बैङिकङ, विकास बैङ्क, जलविद्युत् बीमा र 'अन्य’ समूहको परिसूचक ३ देखि ५ अङ्कसम्म घटेको छ ।

आइतवार कारोबार रकमसँगै कारोबार सङ्ख्या, शेयर सङ्ख्या र कम्पनी सङ्ख्या बढे पनि कुल बजार पूँजीकरण भने घटेको छ । आइतवार १ हजार ८ सय ४८ कारोबारबाट १ लाख २४ हजार ५ सय ४९ कित्ता शेयरको खरीद-विक्री भयो । यसबाट ३ खर्ब ५५ अर्बभन्दा बढीको कुल बजार पूँजीकरण भएको छ ।  आइतवार कारोबारमा आएका १९ कम्पनीको शेयर मूल्य घटयो भने बाँकीको स्थिर रहयो । आइतवार शेयर सङ्ख्या र कारोबार रकमका आधारमा पशुपति डेभलपमेण्ट बैङ्क अग्रस्थानमा रहयो ।

कारोबार सङ्ख्याको आधारमा शुभलक्ष्मी फाइनान्सको सबैभन्दा धेरै २ सय ६५ पटक कारोबार भयो । आइतवार कारोबारमा आएका मध्ये अपी फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै रू. ६७ ले घटयो भने नेरुढे लघुवित्त विकास बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. २७ ले बढयो ।

Admin 2011-02-21