शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

बिहीवार पनि दुईपटक सर्किट ब्रेकर  
कारोबारको पाँचौ दिन बिहीवार पनि नेप्सेमा उत्साहजनक वृद्धि भएको छ । बिहीवार कारोबार शुरू भएको एक घण्टा नबित्दै नेप्से ४ प्रतिशतले बढेपछि आधा घण्टाका लागि पहिलोपटक र कारोबार बन्द हुन केही समय बाँकी हुँदा दोस्रोपटक सर्किट ब्रेकर लागेर बन्द भयो । नेप्सेले दोहोरो अङ्कको फड्को मारिरहेको यो समयमा गैरआवासीय नेपालीले शेयरमा लगानी गर्ने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैङ्क र धितोपत्र बोर्डबीच सहकार्य भइरहेको खबर आएको छ । यसको प्रभाव बिहीवारको नेप्सेमा देखिएको केही विश्लेषकहरू बताउँछन् । बिहीवार नेप्से २० अङ्कले बढयो भने कारोबार रकम पनि झण्डै दोब्बर भयो । यस दिन नेप्से ३ सय ६४ दशमलव ४ बिन्दुमा आइपुगेको छ । त्यसैगरी रकम परिचालन पनि रू. ७ करोड १५ लाखभन्दा धेरै भएको छ । यस दिन एनसीएम म्युचुअल फण्डको १ लाखभन्दा बढी शेयर ब्रोकर नम्बर १६ बाट ब्लक म्याचिङ भएको छ । बिहीवार नेप्सेसँगै 'क’ वर्गमा सूचीकृत कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि बढे ।

यस दिन कारोबारमा आएका सातै समूह बढे । जलविद्युत्, 'अन्य’ , बैङिकङ र बीमा समूहको परिसूचक क्रमश: ५० दशमलव ९१, २८ दशमलव १९ , २३ दशमलव १९  र १२ दशमलव ५९ ले बढे । त्यसैगरी, उत्पादनमूलक, विकास बैङ्क र वित्त कम्पनी समूहको परिसूचक क्रमश: ७ दशमलव ८, ६ दशमलव ६५ र  २ दशमलव ११ ले बढे ।
 
बिहीवार कम्पनी सङ्ख्या, शेयर र कारोबार सङ्ख्या बढेका छन् । यस दिन ७३ कम्पनीका १ हजार १ सय कारोबारबाट २ लाख ८३ हजारभन्दा धेरै शेयर किनबेच भए । यसबाट रू. ३ खर्ब २४ अर्बभन्दा बढी कुल बजार पूँजीकरण भयो । कारोबारमा आएकामध्ये ६४ कम्पनीको शेयरमूल्य बढयो, नौ कम्पनीको शेयरमूल्य घटयो ।  बिहीवार कारोबार सङ्ख्याका आधारमा कर्णाली विकास बैङ्क अग्रस्थानमा रह्यो । कर्णालीको ७४ पटक कारोबार भयो । शेयर सङ्ख्याका आधारमा एनसीएम म्युचुअल फण्ड र कारोबार रकमका आधारमा बैङ्क अफ काठमाण्डू अग्रस्थान रह्यो । बैङ्क अफ काठमाण्डूका रू. १ करोड ६९ लाख ९५ हजार रकमको कारोबार भयो । यस दिन नबिल बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. १ सय १७ ले बढयो भने गुराँस लाइफ इन्स्योरेन्सको शेयर सबैभन्दा धेरै रू. २८ ले घटयो ।

Admin 2011-06-24