शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्सेलाई ४ सय ७ को प्रतिरोध
(अस)माघ ९ काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से सामान्य घटयो । गत बिहीवार ४ सय ६ दशमलव ९ अङ्कमा पुगेको नेप्से आइतवार शून्य दशमलव ५६ अङ्कले घटेर ४ सय ६ दशमलव ३६ मा सीमित भयो । नेप्सेको प्रारम्भिक प्रतिरोधको रूपमा ४ सय ७  बिन्दु देखिएको छ । ३ वर्षयता ४ सय बिन्दुभन्दा तल घटेको नेप्से पुनः बढ्ने क्रममा २ पटक यही बिन्दु आसपास पुगेर घटेको देखिन्छ । आइतवार बैङ्किङ, बीमा र 'अन्य' समूहको परिसूचक सामान्य बढेपनि नेप्से बढाउन यो पर्याप्त भएन । बैङ्किङ समूहमा सूचीकृत एभरेष्ट, नबिल र स्टयार्ण्र्डड चार्र्टर्डलगायत बैङ्कको शेयर मूल्य घटेकाले यो समूहको परिसूचक जम्मा शून्य दशमलव शून्य ४ ले बढ्दा नेप्से बढाउन सकेन । नेप्सेसँगै 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक घटेको छ ।

आइतवार कारोबारमा आएका ६ समूहको परिसूचक मध्ये विकास बैङ्क, जलविद्युत् र वित्त समूहको परिसूचक घटयो । कारोबारमा आएका कम्पनी र रकम परिचालन सामान्य बढेको छ । आइतवार ७९ कम्पनीको १ हजार २ सय ५४ कारोबारबाट ५२ हजार ६ सय ८२ कित्ता शेयरको खरीद-विक्री भई रू. १ करोड ५४ लाखभन्दा बढी रकम परिचालन भएको छ । यसबाट ३ खर्ब ५५ अर्बभन्दा बढीको कुल बजार पूँजीकरण भएको छ ।  

आइतवार कारोबारमा आएका ३१ कम्पनीको शेयर मूल्य  घटयो, २७ कम्पनीको शेयर मूल्य बढयो, भने २१ कम्पनीको शेयर मूल्य स्थिर रहयो । आइतवार कारोबार सङ्ख्याको आधारमा गौरीशङ्कर डेभलपमेण्ट बैङ्क  र शेयर सङ्ख्याको आधारमा ग्लोबल बैङ्क अग्रस्थानमा रहे । गौरीशङ्कर डेभलपमेण्ट बैङ्कको २ सय २७ कारोबार भयो, भने ग्लोबल बैङ्कको ३ हजार ९ सय २० शेयर किनबेच भए ।

कारोबार रकमको आधारमा चिलिमे हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै रू. ३१ लाख १९ हजारभन्दा केही बढी रकमको कारोबार भयो । आइतवार कारोबारमा आएका मध्ये एभरेष्ट बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. ४२ ले घटयो भने इम्पेरियल फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै रू. १४ ले बढयो ।