शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से सामान्य बढयो
असोज १०, काठमाडौं (अस) । मङ्गलवार कारोबारको धेरै समय अघिल्लो दिनको बन्द अङ्कभन्दा तल रहेको नेप्से परिसूचक अन्तिम समयमा केही बढयो । एभरेष्ट, लुम्बिनी, हिमालयन, नेपाल एसबीआईलगायत बैङ्कको शेयरमूल्य बढेपछि नेप्से बढेको हो । नेप्से शून्य दशमलव १ प्रतिशतले बढेर ३ सय ३१ दशमलव ४३ बिन्दुमा आइपुगेको छ । मङ्गलवार नेप्सेसँगै सेन्सेटिभ फ्लोट परिसूचक पनि बढे ।  

मङ्गलवार किष्ट बैङ्कले भारतको नेशनल पञ्जाब बैङ्कसँग साझेदारी गरिरहेको खबर प्रकाशनमा आएपछि किष्ट बैङ्कको कारोबार र शेयरमूल्य  बढयोे । त्यसैगरी, नेशनल हाइड्रोपावर कम्पनीमा ठूला जलविद्युत् लगानीकर्ताहरू प्रवेश गर्ने अपुष्ट खबर बजारमा चलेको एक शेयर लगानीकर्ताले बताए । यही कारण सो कम्पनीको शेयर कारोबार र मूल्य पनि बढेको छ । यस दिन कारोबारमा आएका ६ समूहमध्ये बैङ्किङ र जलविद्युत् समूहको परिसूचक बढे । यी समूहको परिसूचक क्रमश: शून्य दशमलव ६९ र शून्य दशमलव शून्य ५ प्रतिशतले बढे । त्यसैगरी, ँअन्य’, विकास बैङ्क, बीमा र वित्त कम्पनी समूहको परिसूचक घटे । यी समूहको परिसूचक क्रमश: शून्य दशमलव ९५, शून्य दशमलव ३२, शून्य दशमलव १६ र शून्य दशमलव शून्य ८ ले घटे ।

मङ्गलवार कम्पनी सङ्ख्या, शेयर, कारोबार सङ्ख्या र रकम परिचालन सबै घटे । यस दिन ९ सय १७ कारोबारबाट ७४ कम्पनीका १ लाख ११ हजार ५ सय १२ शेयर किनबेच भए, जसबाट रू. १ करोड ७३ लाख २७ हजार १३ रकम परिचालन भयो भने रू. ३ खर्ब १ अर्बभन्दा बढी कुल बजार पूँजीकरण भयो । कारोबारमा आएकामध्ये ३३ कम्पनीको शेयरमूल्य बढयो, ३३ कम्पनीकै  शेयरमूल्य घटयो भने बाँकीको स्थिर रह्यो ।

मङ्गलवार कारोबार सङ्ख्याका आधारमा कामना विकास बैङ्क अग्रस्थानमा रह्यो । कामनाको १ सय ९१ पटक कारोबार भयो । शेयर सङ्ख्याका आधारमा नेशनल हाइड्रोपावर कम्पनी र कारोबार सङ्ख्याका आधारमा किष्ट बैङ्क अग्रस्थान रहे । नेशनल हाइड्रोपावरको २६ हजार ४० शेयर किनबेच भयो भने किष्ट बैङ्कको रू. २१ लाख १३ हजारभन्दा धेरै रकमको कारोबार भयो । सो दिन युनिक फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ८ दशमलव ७९ प्रतिशतले बढयो भने शुभेक्षा विकास बैङ्कको शेयर सबैभन्दा धेरै ६ दशमलव २५ प्रतिशतले घटयो ।

Admin 2011-09-28