शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से घटयो, कारोबार रकम बढयो
चैत १०,काठमाडौं (अस) । साताको अन्तिम दिन बिहीवार नेप्से घटे पनि रकम परिचालन भने बढेको छ । नेप्से परिसूचक शून्य दशमलव ९६ अङ्कले घटेर ३ सय ७६ दशमलव ६७ बिन्दुमा आइपुग्यो । बिहीवार रकम परिचालन रू. ५९ लाखले बढेर १ करोड ९० लाख पुगेको छ । बुधवारको तुलनामा कम्पनीहरूको सङ्ख्या बढेपछि शेयरमूल्य र कारोबार हुने कम्पनी बढेपछि रकम परिचालन बढेको हो । जम्मा ८७ कम्पनी कारोबारमा आएको २४ कम्पनी मात्रै शेयरमूल्य बढयो । तर, कुल बजार पूँजीकरण भने केही घटयो । बिहीवार नेप्से घटेपछि 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सवसाधारण लगानीकर्ताहरूले सजिलै किनबेच गर्न सक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक पनि घटे ।

बिहीवार कारोबारमा आएका ७ समूहमध्ये जलविद्युत् समूहको परिसूचक स्थिर रहयो भने बाँकी सबै समूहका परिसूचक घटे । बिहीवार ११ कम्पनीको शेयरमूल्य रू. १० भन्दा धेरैले घटयो भने ४ कम्पनीको शेयरमूल्य रू. १० भन्दा धेरैले बढयो । बिहीवार शेयर सङ्ख्या र कारोबार सङ्ख्या पनि बढयो ।  बिहीवार २ हजार ९० कारोबारबाट ८७ हजार २३ कित्ता शेयर खरीद-विक्री भए । त्यसबाट रू. ३ खर्ब ३३ अर्बभन्दा बढीको कुल बजार पूँजीकरण भयो । बिहीवार कारोबारमा आएका मध्ये ५२ कम्पनीको शेयरमूल्य घटयो भने  ११ कम्पनीको स्थिर रहयो ।

बिहीवार कारोबार सङ्ख्या र शेयर सङ्ख्याका आधारमा ज्योति विकास बैङ्क अग्रस्थानमा रहयो । ज्योति विकास बैङ्कको २ सय ४१ कारोबारबाट १० हजार कित्ता शेयर किनबेच भए  । कारोबार रकमका आधारमा स्टयाण्डर्ड चार्टर्ड बैङ्कले सबैभन्दा धेरै रू. २१ लाख २७ हजारभन्दा बढीको करोबार गर्यो । कारोबारमा आएका मध्ये स्टयाण्डर्ड चार्टर्ड बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. ३४ ले बढयो भने वेष्टर्न डेभलपमेण्ट बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. २८ ले घटयो ।

Admin 2011-03-25