शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्सेमा अझै बीपीसीको प्रभाव
जेठ १०, काठमाडौं (अस) । साताको तेस्रो दिन मङ्गलवार नेप्से शून्य दशमलव ५३ अङ्कले घटयो । होटल, जलविद्युत् र 'अन्य’ समूहका परिसूचक उच्च अङ्कले घटेपछि नेप्से परिसूचक घटेको हो । होटल समूहको सोल्टी होटल, जलविद्युत् समूहको बुटवल हाइड्रोपावर कम्पनी र 'अन्य’ समूहको नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य घटेपछि यी समूहका परिसूचक घटेका हुन् । केही दिनयता बुटवल हाइड्रोपावर कम्पनीको शेयरमूल्य लगातार उच्च अङ्कले घट्दै आएको छ । त्यसैगरी, आर्थिक हिनामिना गरेको आरोप लागेका शेयर मार्केट्स एण्ड फाइनान्सका पूर्वअध्यक्ष योगेन्द्र श्रेष्ठका परिवारका सदस्यहरूसँग रहेको बुटवल पावर कम्पनीका शेयर बजारमा प्रवाह भएकाले पनि मूल्य घटेको अनुमान गरिएको छ । श्रेष्ठ र उनका परिवारसँग गरी कम्पनीका ७० हजार कित्ता शेयर रहेको बुझिएको छ । मङ्गलवार बुटवल पावर कम्पनीको शेयरमूल्य रू. १८ ले घटयो । मङ्गलवार किष्ट बैङ्कका २१ हजार संस्थापक शेयर रू. १ सय ७६ मूल्य घटेर किनबेच भए । बैङ्कको शेयर १९ र २९ नम्बर ब्रोकरबाट किनबेच भएका छन् । सो शेयर बैङ्कमा हालसम्म लगानी नरहेका नयाँ तीन जना लगानीकर्ताले खरीद गरेको बुझिएको छ । मङ्गलवार नेप्से घटे पनि सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक भने केही बढयो ।

वित्त कम्पनी समूहको परिसूचक १ अङ्कभन्दा कमले घटेको र बैङ्किङ, विकास बैङ्क र बीमा समूहको परिसूचक भने १ अङ्कभन्दा कमले बढे । मङ्गलवार कम्पनी, शेयर र कारोबार सङ्ख्याका साथै रकम परिचालन अघिल्लो दिनको तुलनामा बढे । कुल १ हजार २ सय ५ कारोबारबाट ८३ कम्पनीका ९३ हजार १ सय १८ कित्ता शेयर किनबेच भई रू. १ करोड ७४ लाखभन्दा बढी रकम परिचालन भएको छ । त्यसैगरी, रू. ३ खर्ब ३ अर्बको कुल बजार पूँजीकरण भयो । कारोबारमा आएकामध्ये ३७ कम्पनीको शेयरमूल्य घटयो, ३२ कम्पनीको शेयरमूल्य बढयो भने बाँकीको स्थिर रह्यो ।

मङ्गलवार कारोबार सङ्ख्याका आधारमा १ सय १७ पटक कारोबार भएको ज्योति विकास बैङ्क अग्रस्थानमा रह्यो । त्यसैगरी,  शेयर सङ्ख्या, रकम परिचालनका साथै धेरै मूल्य घट्नेमा किष्ट बैङ्कको संस्थापक शेयर सबैभन्दा अग्रस्थानमा रह्यो । बैङ्कको संस्थापक शेयरबाट रू. २७ लाख ३० हजार रकम परिचालन भयो । शेयरमूल्य रू. १४ ले बढेको नेपाल इण्डष्ट्रियल एण्ड को बैङ्क सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनीका रूपमा रह्यो ।

Admin 2011-05-25