शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्सेमा करेक्सन
पुस १३, काठमाडौँ (अस)। विगत ४ दिनदेखि लगातार बढिरहेको नेप्से परिसूचक मङ्गलवार भने सामान्य घटयो । आइतवार ५ महीना यताकै उच्च अङ्कले बढेको नेप्से सोमवार झीनो अङ्कले बढेको थियो । तर, मङ्गलवार नेप्से ३ दशमलव ५४ अङ्कले घटेर ४ सय ४ दशमलव १८ कायम भयो । मङ्गलवार विकास बैङ्क, जलविद्युत् र बीमा समूहका परिसूचक बढे पनि बजारको ठूलो हिस्सा ओगटेका बैङ्किङ, वित्त कम्पनी र 'अन्य' समूहका परिसूचक क्रमशः ४ दशमलव ८७ र ५ दशमलव ८८ अङ्कले घटेपछि नेप्से ओरालो लागेको हो ।

बैङ्किङ समूहमा सूचीकृत नेपाल एसबीआई, एभरेष्ट, नबिल र स्टयार्ण्र्डड चार्टर्ड बैङ्कको शेयर मूल्य क्रमशः रू. ८९ , ४०, ३३ र २८ ले घटेपछि यो समूहको परिसूचक घटयो । नेपाल टेलिकमको शेयर मूल्य रू. ५ ले घट्दा 'अन्य' समूहको परिसूचक सोभन्दा धेरैले घटयो । त्यसैगरी, मङ्गलवार कारोबारमा आएका प्रिमियर फाइनान्स, स्वस्तिक फाइनान्सलगायत ११ वित्त कम्पनीको शेयर मूल्य घटेपछि सो समूहको परिसूचक र्झन बाध्य भयो ।

जलविद्युत् समूहमा सूचीकृत चिलिमे हाइड्रोपावर र अरुणभ्याली हाइड्रोपावरको शेयर मूल्य बढ्दा सो समूहको परिसूचक ५ दशमलव ५ अङ्कले बढ्यो । मङ्गलवार कारोबारमा आएका कम्पनीहरूको सङ्ख्या बढे पनि कारोबार सङ्ख्या, शेयर सङ्ख्या र रकम परिचालन घटयो । मङ्गलवार १ हजार ५ सय १७ कारोबारबाट ६७ कम्पनीका ९२ हजार १ सय ४८ कित्ता शेयर खरीद-विक्री भई रू. २ करोड २७ लाख रकम परिचालन भयो । यसबाट रू. ३ खर्ब ५० अर्बको कुल बजार पूँजीकरण भयो । मङ्गलवार कारोबारमा आएका मध्ये ३७ कम्पनीको शेयर मूल्य घटयो, १४ कम्पनीको शेयर मूल्य बढ्यो भने १६ कम्पनीको मूल्यस्थिर रह्यो ।

मङ्गलवार किनबेच भएका शेयर सङ्ख्या र कारोबार रकमका आधारमा लुम्बिनी बैङ्कको संस्थापक शेयर अग्रस्थानमा रहयो । सोनाम लामाको नाममा रहेका लुम्बिनी बैङ्कका ३० हजार संस्थापक शेयर १८ नं ब्रोकर मार्फत उनकै समूह विक्री भएर किनबेचबाट रू.७१ लाख १० हजार कारोबार भयो । कारोबार सङ्ख्याका आधारमा ७ सय ८ पटक कारोबारसहित जेनिथ फाइनान्स सबैभन्दा अगाडि रहयो । मङ्गलवार नेपाल एसबीआई बैङ्कको शेयर मूल्य सबैभन्दा धेरैले सस्तियो भने लक्ष्मी बैङ्कको  शेयर सबैभन्दा धेरै रु. २४ ले महँगो भयो ।