शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

टेलिकमले बढायो नेप्से
असार १६, काठमाडौं (अस) । बिहीवारको कारोबारमा अधिकांश समय घटेको नेप्से परिसूचक अन्तिम समयमा आएर  बढयो । नेपाल टेलिकमको शेयरमूल्य बढेपछि नेप्से बढेको हो । कारोबार बन्द हुन केही समय बाँकी रहँदा बैङ्किङ समूहमा समेत सुधार आएको थियो । यसले पनि अघिल्लो दिन बन्द भएको बिन्दुभन्दा दिनभर मुनि नै रहेको नेप्सेलाई त्यो तहबाट माथि पुर्यायो । नेपाल टेलिकमको शेयरमूल्य रू. २९ ले बढेपछि 'अन्य’ समूहको परिसूचक ३४ दशमलव शून्य ७ अङ्कले बढयो भने नेप्से परिसूचक ३ दशमलव ७६ ले बढयो ।

बिहीवार उत्पादन तथा प्रशोधन समूहमा सूचीकृत  बोटलस नेपाल (बालाजु)को शेयरमूल्यसमेत बढेपछि नेप्सेको वृद्धिमा थप सहयोग पुगेको देखिन्छ । बोटलस नेपाल (बालाजु) को शेयरमूल्य रू. १ सय २५ले बढयो । बिहीवार नेप्सेसँगै 'क’ वर्गमा सूचीकृत कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक भने घटे ।

बिहीवार  कारोबार भएका  ७ समूहमध्ये  जलविद्युत्, बीमा, विकास बैङ्क, बैङ्किङ र वित्त कम्पनी समूहका  परिसूचक क्रमश: ९ दशमलव ८८, ४ दशमलव २, २ दशमलव १२, १ दशमलव ३४ र  शून्य दशमलव ६५ ले बढेे । बिहीवार अघिल्लो दिनको तुलनामा कम्पनी सङ्ख्या घटे पनि शेयर कित्ता, कारोबार सङ्ख्या र रकम परिचालनमा सामान्य वृद्धि भयो । कुल १ हजार २ सय ३० कारोबारबाट ६९ कम्पनीका १ लाख १ हजारभन्दा धेरै कित्ता शेयर किनबेच भए । त्यसबाट रू. २ करोडभन्दा धेरै रकम परिचालन भयो भने रू.३ खर्बको कुल बजार पूँजीकरण भयो । कारोबारमा आएकामध्ये ४१ कम्पनीको शेयरमूल्य घटयो, २१ को बढयो भने बाँकीको स्थिर रह्यो ।

बिहीवार कारोबार सङ्ख्याका आधारमा ९४ कारोबार भएको ज्योति विकास बैङ्क सबैभन्दा अग्रस्थानमा रह्यो । किनबेच भएका शेयर सङ्ख्याका आधारमा प्राइम कमर्शियल बैङ्क र रकम परिचालनका आधारमा हिमालयन बैङ्क अग्रस्थानमा रहे । प्राइमका १३ हजार १ सय १२ कित्ता शेयर किनबेच भए भने हिमालयनको रू. ३० लाख ७९ हजारभन्दा बढीको कारोबार भयो । त्यसैगरी, बोटलस नेपाल (बालाजु) को शेयरमूल्य सबैभन्दा धेरैले बढयो भने बुटवल फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै रू. ३६ ले घटयो ।

Admin 2011-07-01