शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से साढे दुई अङ्कले घटयो
भदौ १८, काठमाडौं (अस)। आइतवार नेप्से परिसूचक २ दशमलव ५३ अङ्कले घटयो । गत साता ३ सय ४१ दशमलव ७४ मा बन्द भएको नेप्से परिसूचक आइतवार घटेर ३ सय ३९ दशमलव शून्य ६ मा झरेको हो । गत साता कारोबारको पहिलो दिन नेप्से परिसूचक करीब १० अङ्कले घटे पनि अन्य दिन सामान्य सुधारात्मक अवस्थामा देखिएको थियो । विगत केही हप्तादेखि लगभग स्थिरजस्तै देखिएको नेपाली शेयर बजारले सुधारको बाटो समात्न सकेको छैन । नेप्सेको यो प्रवृत्तिमाथि मिश्रति प्रतिक्रिया देखिएको छ । कसैले राजनीतिक कारणले नेप्से बढ्न नसकेको बताएका छन् त कसैले बैङ्क तथा वित्तीय संस्थाले अपेक्षित लाभांश वितरण गर्न नसक्नु नै यसको कारक भएको बताएका छन् ।  

नेप्से घटेपछि सेन्सेटिभ र फ्लोप पनि घटे । आइतवार सात समूहको कारोबार भएकामा जलविद्युत्बाहेक सबैको परिसूचक घटयो । सोही दिन अरूणभ्याली हाइड्रोपावर कम्पनीको शेयरमूल्य रू. ९ ले घटयो भने चिलिमे र नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्य क्रमश: २० र २ रुपैयाँले बढयो । अरूणभ्यालीको तुलनामा चिलिमे र नेशनल हाइड्रोपावरको शेयरमूल्य धेरैले बढेपछि जलविद्युत् समूहको परिसूचक ६ दशमलव ५६ अङ्कले बढेको हो ।

नेपाली शेयर बजारमा निरन्तर उतारचढाव ल्याइरहने बैङ्किङ समूहको परिसूचक आइतवार १ दशमलव ७४ अङ्कले घटयो ।  यो समूहअन्तर्गत रहेका एभरेष्ट, लक्ष्मी र स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको शेयरमूल्य आइतवार क्रमश: १६, १५ र २ रुपैयाँले बढे । तर, हिमालयन, नेपाल इन्भेष्टमेण्ट, नबिल, बैङ्क अफ काठमाण्डू, बैङ्क अफ एशियालगायत बैङ्कको शेयरमूल्य नकारात्मक देखिए । शेयरमूल्य बढेका बैङ्कको तुलनामा अन्य बैङ्कको शेयरमूल्य धेरैले घटेपछि बैङ्किङ समूहको परिसूचक नकारात्मक रह्यो ।

नेपाल दूरसञ्चार कम्पनीको एकाधिकार रहेको अन्य समूहको परिसूचक आइतवार १ दशमलव १८ अङ्कले घटेको छ । उक्त दिन सो कम्पनीको शेयरमूल्य रू. ९ ले घटेपछि अन्य समूहको परिसूचक नकारात्मक देखिएको हो । आइतवार होटेल, विकास बैङ्क, वित्त कम्पनी र बीमा समूहको परिसूचक क्रमश: शून्य दशमलव ५६, १ दशमलव शून्य ३, शून्य दशमलव ६३ र शून्य दशमलव ९४ अङ्कले घटे ।  

आइतवार ८९ कम्पनीका १ हजार १ सय ७४ कारोबारबाट १ लाख ६ हजार ६ सय ७७ कित्ता शेयर किनबेच भए । उक्त कारोबारबाट रू. २ करोड ७१ लाख रकम परिचानल भयो भने रू. ३ खर्ब २ अर्बको बजार पूँजीकरण भयो । आइतवार रू. ८६ लाख ५२ हजार ८ सय ८९ बराबरको शेयर किनबेच भएर बैङ्क आफ काठमाण्डू सबैभन्दा धेरै कारोबार गर्नेको सूचीमा उक्लियो । उक्त दिन सो बैङ्कको १५ हजार ९६ कित्ता शेयर रू. ५ सय ७० देखि रू. ५ सय ८० सम्ममा किनबेच भए । आइतवार प्रोग्रेसिभ फाइनान्सको संस्थापक शेयर सबैभन्दा धेरै ८ प्रतिशत सस्तियो भने अपी फाइनान्सको सबैभन्दा धेरै ८ दशमलव ८० प्रतिशत महँगो भयो ।

Admin 2011-09-05