नेप्से ३ सय ३३ मा
जेठ १९, काठमाडौं (अस)। साताको अन्तिम दिन बिहीवार पनि नेप्सेमा सुधार आउन सकेन । नेप्सेमा प्रभाव जमाउँदै आएका अधिकांश कम्पनीहरूको शेयरमूल्य घटेपछि नेप्से घटेको हो । बिहीवार स्टयार्ण्र्डड चार्टर्ड, एभरेष्ट बैङ्कका साथै नागरिक लगानी कोषलागयत कम्पनीको शेयरमूल्य बढे पनि नबिल, हिमालयन, एनएमबी, सिध्दार्थ, बैङ्क अफ काठमाण्डू, बुटवलपावरको शेयरमूल्य घटेपछि नेप्से ओरालो लागेको हो । बिहीवार नेप्सेसँगै 'क’ वर्गमा सूचीकृत कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि घटे ।
बिहीवार कारोबारमा आएका ६ समूहमध्ये तीन समूहको घटयो, दुईको बढयो भने एक समूहको परिसूचक स्थिर रह्यो । बैङ्िकङ, विकास बैङ्क र जलविद्युत् समूह घटेका हुन् । यी समूहको परिसूचक क्रमश: ३ दशमलव ३३, १ दशमलव शून्य ३ र शून्य दशमलव ३४ ले घटयो । बैङ्किङ समूहमा सूचीकृत प्राइम कमर्शियल बैङ्कका ७ हजार कित्ता शेयर ब्रोकर नम्बर १४ बाट म्याचिङ भएका छन् । त्यसैगरी, बीमा र वित्त कम्पनी समूहको परिसूचक क्रमश: शून्य दशमलव ३ र शून्य दशमलव ५७ ले बढे । नेशनल, प्राइम लाइफ इन्स्योरेन्सलगायत कम्पनीको शेयरमूल्य बढेपछि बीमा समूहको परिसूचक बढयो । त्यस्तै, नागरिक लगानी कोष, नारायणी नेशनल फाइनान्सलगायत कम्पनीको शेयरमूल्य बढेपछि वित्त कम्पनी समूहको परिसूचक बढयो । नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य स्थिर रहेपछि 'अन्य’ समूहको परिसूचक स्थिर रह्यो ।
बिहीवार कम्पनी, शेयर सङ्ख्या, कारोबार सङ्ख्या, कारोबार रकम बढयो । यस दिन ८१ कम्पनीका १ हजार ३ सय २८ कारोबारबाट ६८ हजार ८ सय ५९ शेयर किनबेच भए, जसबाट रू. १ करोड ६४ लाख ४८ हजार रकम परिचालन भयो भने रू. २ खर्ब ९७ अर्बभन्दा बढी कुल बजार पूँजीकरण भयो । कारोबारमा आएकामध्ये ३८ कम्पनीको शेयरमूल्य घटयो, ३१ कम्पनीको शेयरमूल्य बढयो भने बाँकीको स्थिर रह्यो ।
बिहीवार कारोबार सङ्ख्याका आधारमा भ्याली फाइनान्स र शेयर सङ्ख्याको आधारमा प्राइम कमर्शियल बैङ्क अग्रस्थानमा रहे । भ्यालीको १ सय ९४ पटक कारोबार भयो भने प्राइमको १० हजार ८ सय ३ शेयर किनबेच भए । त्यसैगरी कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको रू. २१ लाख ४३ हजार रकमको कारोबार भयो । हिमालयन बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. २५ ले घटयो भने एभरेष्ट बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू.९५ ले बढयो ।
Admin 2011-06-03