नेप्से पुनः४ सयमुनि
पुस १९, काठमाडौं (अस)। सोमवार नेप्सेले पुनः ४ सयको तह तोडयो । साताको दोस्रो दिन शेयर बजार परिसूचक २ दशमलव ६१ अङ्कले घटेर ३ सय ९८ मा सीमित भयो । कारोबारमा आएका सात समूहमध्ये होटल र बीमासमूहको परिसूचकमा केही सुधार आए पनि नेप्से घट्न रोकिएन । कारोबार भएका १४ कम्पनीको शेयर मूल्य न्यूनतम रू.१० देखी अधिकतम ५३ सम्म घटेपछि नप्से घट्न बाध्य भएको हो । सोमवार नेप्सेसँगै सूचीकृत 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै खरीद गर्न सक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक पनि घटे ।
सोमवबार 'अन्य' समूहमा सूचीकृत नेपाल दूरसञ्चार कम्पनीको शेयर मूल्य रू. ५ ले घटेपछि यो समूहको परिसूचक सबैभन्दा धेरैले ५ अङ्कले घटयो । त्यसैगरी, जलविद्युत्, बैङ्किङ, विकास बैङ्क र बीमासमूहका परिसूचक पनि क्रमशः ३ दशमलव १, २ दशमलव ३४, २ दशमलव ९१ र १ दशमलव ६ ले घटे । सोमवार करोबार हुने कम्पनीको सङ्ख्या बढे पनि कारोबार सङ्ख्या, शेयर सङ्ख्या र रकम परिचालन घटयो । १ हजार २ सय २१ कारोबारबाट ८५ कम्पनीका ६२ हजार ९ सय ३३ कित्ता शेयर खरीद-विक्री भई रू. २ करोड ३१ लाखभन्दा बढी रकम परिचालन भयो । त्यसबाट रू. ३ खर्ब ४५ अर्बभन्दा बढीको कुल बजार पूँजीकरण भयो ।
सोमवार कारोबारमा आएकामध्ये ४४ कम्पनीको शेयर मूल्य घटयो, २४ कम्पनीको शेयर मूल्य बढयो भने १७ कम्पनीको शेयर मूल्य स्थिर रहयो । कारोबार सङ्ख्याका आधारमा स्वस्तिक फाइनान्स र शेयर सङ्ख्याका आधारमा मनकामना डेभलपमेण्ट बैङ्क अग्रस्थानमा रहे । स्वस्तिक फाइनान्सका १ सय ५६ कारोबार भए भने मनकामना डेभलपमेण्ट बैङ्कका ५ हजार २ सय ७० कित्ता शेयर खरीद-विक्री भए । स्टयार्ण्र्डड चार्र्टर्ड बैङ्कको सबैभन्दा बढी रू.२७ लाख ५७ हजारको कारोबार भयो । सोमवार बुटवल फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै रू. १० ले बढयो भने ओम फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै रू. ५३ ले घटयो ।