शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

पूरा आकारमा हेर्नुहोस्नेप्सेमा तीन साताकै उच्च ह्रास
मङ्सिर २०, काठमाडौं (अस) । आइतवारको नेप्सेले साताभरिको शेयरबजारको सङ्केत गर्छ भन्ने लगानीकर्ताहरूको अनुमान सोमवार सत्य साबित भयो । साताको दोस्रो दिन सोमवार नेप्से तीन साताकै उच्च अङ्कले घटेपछि सो भनाइ पुष्टि भएको लगानीकर्ताहरूले बताएका छन् । सोमवार ४ सय ७ दशमलव ८५ बाट कारोबार शुरू भएको नेप्से ४ भन्दा धेरै अङ्कले घटेर ४ सय ४ भन्दा तल झर्‍यो । सोमवार होटल समूहबाहेक अरू सबै समूहका परिसूचक औसत ४ अङ्कको हाराहारीमा घटेपछि नेप्से पनि सोही अनुपातमा ओरालो लागेको हो ।

सोमवार कारोबार भएका सात समूहमध्ये होटल समूहको परिसूचक तीनभन्दा बढी अङ्कले बढयो । सोल्टी होटलको शेयर मूल्य रू. ३ बढेपछि होटल समूहमा सुधार आएको हो । नबिल बैङ्क र लक्ष्मी बैङ्कको प्रतिशेयर मूल्य रू. ४५ भन्दा धेरैले घटेपछि यसको प्रभाव बैङ्किङ समूहमा देखिएको हो । त्यस्तै, जलविद्युत् समूहमा सूचीकृत चिलिमे हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर मूल्य रू. ८ भन्दा धेरैले सस्तो भएकाले यो समूहको परिसूचक झण्डै ७ अङ्कले घटयो । 'अन्य’ समूहमा सूचीकृत नेपाल दूरसञ्चार कम्पनीको शेयर मूल्य रू. ४ ले घटेपछि यो समूहको परिसूचक घटेको हो ।

सोमवार १ हजार ६ सय ११ कारोबारबाट ७७ हजार ४ सय ७८ कित्ता शेयर खरीद-विक्री भएर रू. २ करोड २ लाखभन्दा बढी रकम परिचालन भयो । त्यसै गरी रू. ३ खर्ब ४५ अर्बभन्दा धेरैको कुल बजार पूजीकरण भयो । कारोबार भएका ७४ कम्पनीमध्ये ३८ को शेयर मूल्य घटयो भने २८ को शेयर मूल्य बढयो र १५ कम्पनीको शेयर मूल्य स्थिर रहयो ।

सोमवार कारोबार सङ्ख्या र शेयर सङ्ख्याको आधारमा मनकामना डेभलपमेण्ट बैङ्क अग्रस्थानमा रहयो । मनकामनाका २ सय २२ कारोबारबाट १० हजार १ सय ४० किक्ता शेयर खरीद-विक्री भए । त्यस्तै, कारोबार रकमका आधारमा एनआईसी बैङ्क सबैभन्दा अगाडि रहयो । यो बैङ्कको रू.१३ लाख ११ हजारभन्दा बढीको कारोबार भएर रू. ५ सय ५ शेयर मूल्य कायम भयो । यस दिन सिभिल मर्चेण्ट वित्तीय सङ्स्थाको शेयर मूल्य सबैभन्दा धेरै रू.२२ ले महँगो भयो भने नबिल बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. ५१ ले सस्तो भयो ।