शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से ३ सय ३८ मा, बैङ्क तथा वित्तीय क्षेत्रको प्रभाव
वैशाख २१, काठमाडौं (अस)। नेप्से परिसूचकको घट्नेक्रम बुधवार पनि रोकिएन । कारोबार शुरू भएलगत्तै घट्न थालेको नेप्से ३ सय ३७ सम्म आए पनि बन्द हुने बेलामा केही बढेर ३ सय ३९ को हाराहारीमा पुगेको छ । तथापि नेप्से मङ्गलवार बन्द भएको तहभन्दा शून्य दशमलव ७० अङ्क तल नै छ । मङ्गलवार कारोबारमा आएका ६ समूहका परिसूचकमध्ये घट्ने तथा बढ्ने समूहको सङ्ख्या बराबर भए पनि नेप्से बढ्न सकेन ।

वित्तीय क्षेत्रको प्रतिनिधित्व गर्ने बैङ्किङ, विकास बैङ्क तथा वित्त कम्पनी समूहका परिसूचक क्रमश: ३, साढे १ र १ अङ्कले घटे भने, 'अन्य', जलविद्युत् तथा बीमा समूहका परिसूचक क्रमश: ८, साढे २ र साढे १ अङ्कले घटे । सबैभन्दा धेरै रकमको कारोबार भएको चिलिमे हाइड्रोपावरको शेयरमूल्य घटे पनि अरुणभ्यालीको शेयर रू. ७ र नेशनल हाइड्रोको शेयर रू. १ ले बढेकाले जलविद्युत् समूहको परिसूचक बढेको हो । त्यसैगरी, नेपाल दूरसञ्चार कम्पनीको प्रतिशेयर मूल्य रू. ७ ले बढ्दा 'अन्य' समूहका परिसूचक उकालो लाग्यो । उता नबिल, स्टयार्ण्र्डड चार्टर्ड, एभरेष्ट तथा लक्ष्मीलगायत तुलनात्मक रूपमा उच्च मूल्य भएका बैङ्कको मूल्य घट्दा बैङ्किङ समूहको परिसूचक ओरालो लागेको हो । 'अन्य' र जलविद्युत् समूहका परिसूचक बैङकिङ तथा विकास बैङ्कका परिसूचकभन्दा उच्च अङ्कले बढे पनि उनीहरूको भार (हिस्सा) कम भएकाले नेप्से बढ्न सकेन । बुधवार नेप्सेसँगै 'क' वर्गमा सूचीकृत कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि घटे ।

बुधवार १ हजार १ सय ५२ कारोबारबाट ७२ कम्पनीका ७४ हजार २ सय ५४ कित्ता शेयर किनबेच भए । त्यसबाट रू. १ करोड ९२ लाख ६० हजारको कारोबार भयो भने, ३ खर्बभन्दा माथिको कुल बजार पूँजीकरण भयो । कारोबार रकमका आधारमा सबैभन्दा धेरै रू. ५४ लाख ८७ हजारसहित चिलिमे हाइड्रोपावर कम्पनी अग्रस्थानमा र≈यो । किनबेच भएका शेयर सङख्याका आधारमा १० हजार ८ सय कित्ता किनबेच भएर बिजनेश डेभलपमेण्ट बैङ्क सबैभन्दा अगाडि रह्यो । त्यसैगरी, कारोबार सङ्ख्याका आधारमा जेनिथ फाइनान्स सबैभन्दा अगाडि रह्यो। जेनिथका कुल २ सय ७१ कारोबार भए । बुधवार एभरेष्ट बैङ्कको शेयर सबैभन्दा धेरै रू. ७९ ले सस्तो भयो भने, बैङ्क अफ काठमाण्डू र सिटिजन इन्भेष्टमेण्ट ट्रष्टको शेयर सबैभन्दा धेरै रू. १२ ले महँगा भए ।

Admin 2011-05-05