शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

जलविद्युत् र बैङ्किङले बढाए नेप्से
असार २२, काठमाडौं (अस)। बुधवार जलविद्युत् र बैङ्किङ समूहको परिसूचकमा वृद्धि भएपछि नेप्से पनि बढयो । जलविद्युत् समूहको परिसूचक २९ दशमलव ४७ र बैङ्किङ समूहको परिसूचक ५ दशमलव ४७ ले बढे । जलविद्युत् समूहमा सूचीकृत बुटवल पावर, चिलिमे र नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्य क्रमश: रू. ४०, ३१ र १ ले बढेपछि यो समूहको परिसूचक बढेको हो । बुधवार नेशनल हाइड्रोपावर कम्पनीका २५ हजार कित्ता शेयर विभिन्न ब्रोकरमार्फत म्याचिङ भएर रू. १० लाख १२ हजारभन्दा बढी रकमको कारोबार भएको छ । बैङ्किङ समूहको नबिल बैङ्कको शेयरमूल्य रू. ४० ले घटे पनि स्टयाण्डर्ड चार्टर्ड, लक्ष्मी र बैङ्क अफ काठमाण्डूको शेयरमूल्य रू. २१ देखि ३५ सम्म बढयो । बुधवार नेप्सेसँगै 'क’ वर्गमा सूचीकृत कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि बढे ।

बुधवार आठ समूह कारोबारमा आए । जलविद्युत् र बैङ्किङसँगै होटल समूहको परिसूचक पनि बढयो । सोल्टी होटलको शेयरमूल्य रू. ३ ले बढेपछि होटल समूहको परिसूचक पनि ३ दशमलव ३९ अङ्कले बढयो । कारोबारमा आएका विकास बैङ्क, वित्त कम्पनी, बीमा, 'अन्य’ र उत्पादन तथा प्रशोधन समूहको परिसूचक क्रमश:  शून्य दशमलव २६, शून्य दशमलव १, १ दशमलव १७, १ दशमलव १७ र  शून्य दशमलव २५ ले घटे । बोटलर्स नेपाल (तराई) को शेयरमूल्य रू. ७१ ले बढे पनि युनिलिभर नेपालको शेयर रू. ९८ ले घटेपछि उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटयो ।

बुधवार कारोबार सङ्ख्या बढे पनि शेयर सङ्ख्या, कम्पनी सङ्ख्या र रकम परिचालन सामान्य नै रह्यो । १ हजार १ सय ९४ कारोबारबाट ७३ कम्पनीका १ लाख ४६ हजार ४ सय ३५ शेयर किनबेच भए, जसबाट रू. ३ करोड ६२ लाखबराबरको रकम परिचालन भयो भने ३ खर्ब ७ अर्बको कुल बजार पूँजीकरण भयो । कारोबारमा आएकामध्ये ४३ कम्पनीको शेयरमूल्य बढयो, २१ कम्पनीको शेयरमूल्य घटयो भने बाँकीको स्थिर रह्यो ।

बुधवार ९४ कारोबार भएको तिनाउ विकास बैङ्क कारोबार सङ्ख्याका आधारमा अग्रस्थानमा रह्यो भने शेयर सङ्ख्याका आधारमा नेशनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रह्यो । त्यसैगरी, रू. ५४ लाख ८० हजारको कारोबार भएको बैङ्क अफ काठमाण्डू कारोबार रकमको आधारमा अग्रस्थानमा रह्यो । बुधवार, बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य सबैभन्दा धेरैले बढयो भने युनिलिभर नेपालको शेयर मूल्य सबैभन्दा धेरैले घटयो ।

Admin 2011-07-07