शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

यो हप्ता पनि बढ्न सकेन नेप्से
भदौ २२, काठमाडौं (अस)। साताको शुरूदेखि नै घटेको नेप्से परिसूचक अन्तिम दिन बिहीवार पनि बढ्न सकेन । नेप्सेमा बाहुल्य रहेका बैङ्क तथा वित्तीय संस्था सूचीकृत समूहका परिसूचकहरू लगातार घटेपछि नेप्से ओरालो लागेको हो । बिहीवार शेयरमूल्य घटेका ४७ कम्पनीमध्ये ३७ बैङ्क तथा वित्त कम्पनी छन् । फलस्वरूप, बिहीवार नेप्से परिसूचक शून्य दशमलव ५१ प्रतिशतले घटयो भने सेन्सेटिभ र फ्लोट परिसूचक पनि घटे ।

बिहीवार कारोबारमा आएका ८ समूहमध्ये उत्पादन तथा प्रशोधन, बीमा र जलविद्युत् समूहका परिसूचक क्रमश: शून्य दशमलव ८७, शून्य दशमलव ७२ र शून्य दशमलव ३५ प्रतिशतले बढे । उत्पादन तथा प्रशोधन समूहको युनिलिभर नेपालको शेयरमूल्य सबैभन्दा धेरै रू. २ सय ४ ले बढेपछि यो समूहको परिसूचक बढेको हो । नेशनल लाइफ, प्राइम लाइफ र एशियन लाइफलगायत बीमा कम्पनीको शेयरमूल्य बढेपछि बीमा समूहको परिसूचक बढयो । त्यसैगरी, चिलिमे र नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्य बढ्दा जलविद्युत् समूहको परिसूचक बढयो । बैङ्किङ, वित्त कम्पनी, विकास बैङ्क र होटल समूहका परिसूचक क्रमश: १ दशमलव शून्य ९, शून्य दशमलव ५९, शून्य दशमलव ३४ र शून्य दशमलव १ प्रतिशतले घटे । 'अन्य’ समूहको परिसूचक भने स्थिर रह्यो । सो समूहमा सूचीकृत नेपाल टेलिकमको शेयरमूल्य अन्तिम कारोबारमा बाहेक सबैपटक घटेर किनबेच भएको छ । तर, अन्तिम कारोबारमा ब्रोकर नम्बर १० बाट म्याचिङ गरी शेयरमूल्य बढाएर अघिल्लो दिनको अन्तिम मूल्यसम्म पुर्याएको देखिन्छ ।

बिहीवार खरीदविक्री सङ्ख्या, शेयर सङ्ख्या, कम्पनी सङ्ख्या र रकम परिचालन सबै घटे । कुल १ हजार ४ सय ९ खरीदविक्रीबाट ८२ कम्पनीका १ लाख २२ हजार २ सय ७५ कित्ता शेयर किनबेच भए । त्यसबाट रू. ३ करोड १३ लाखको कारोबार भयो भने रू. २ खर्ब ९३ अर्बको कुल बजार पूँजीकरण भयो ।

शेयर खरीदविक्रीका आधारमा युनिक फाइनान्स र शेयर सङ्ख्याका आधारमा नेशनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहे । युनिकको शेयर २ सय १८ पटक किनबेच भयो भने नेशनलका ३१ हजार २ सय कित्ता शेयर खरीदविक्री भए । रकम परिचालनका आधारमा रू. १ करोड ६२ लाख २५ हजारको कारोबार भएको बैङ्क अफ काठमाण्डू सबैभन्दा अगाडि रह्यो । बैङ्क अफ काठमाण्डूका कुल २९ हजार ९ सय ९६ कित्तामध्ये ११ सयभन्दा बढी कित्ता विभिन्न ब्रोकरमार्फत म्याचिङ भएको देखिन्छ । सो दिन प्रतिशतका आधारमा नेशनल लाइफ इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै ९ दशमलव ८२ प्रतिशतले बढयो भने कामना विकास बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै ९ दशमलव ४५ ले घटयो ।

Admin 2011-09-09