नेप्से ४ सयको मनोवैज्ञानिक बिन्दुवरिपरि
मङ्सिर २२, काठमाडौँ । बुधवार नेप्से घटेर ४ वर्षयताकै न्यून बिन्दुमा आइपुगेको छ । सो दिन नेप्से परिसूचक शून्य दशमलव ३४ अङ्कले घट्दै ४ सय १ दशमलव ४२ कायम भयो । यसअघि गत असोज ४ गते नेप्सेमा यस्तै गिरावट आएको थियो । सो दिन नेप्से ४ सय १ दशमलव ७४ कायम भएको थियो । बुधवार कायम भएको नेप्से सन् २००६ अक्टोबर २६ को परिसूचक नजिक रहेको छ । सो मितिमा नेप्से परिसूचक ४ सय १ दशमलव शून्य ७ रहेको थियो ।
बुधवार दिउँसो परिसूचक ३ सय ९८ बिन्दुसम्म झरेको भए पनि कारोबार अन्त्य हुने बेलामा भने बढ्ने क्रममा रह्यो । कारोबार भएकामध्ये शेयर बजारमा बर्चश्व राख्ने बैङ्क तथा वित्त समूहको परिसूचक घटेपछि अरू समूहमा आएको सुधारले मात्र नेप्से बढाउन सकेन । उत्पादनमूलक समूहको परिसूचकमा ५ अङ्कले वृद्धि भएको छ । त्यस्तै, विकास बैङ्क, बीमा र जलविद्युत् समूहको परिसूचक सामान्य बढेको छ । उत्पादनमूलक समूहमा सूचीकृत युनिलिभर कम्पनीको शेयर मूल्य रू. ४ सय १७ ले बढेपछि यो समूहको परिसूचक बढेको हो । वित्त समूहमा सूचीकृत श्री इन्भेष्टमेण्ट फाइनान्स र गुह्येश्वरी मर्चेण्ट बैङ्किङ एण्ड फाइनान्सको शेयर मूल्य घटेपछि यो समूहको परिसूचक घटेको हो । दुइ कम्पनीको शेयरमूल्य क्रमशः रू. १ सय २ र रू . ४२ ले घटेको छ । त्यस्तै, स्ट्याडर्ड चार्टर्ड बैङ्क र लक्ष्मी बैङ्कको शेयरमूल्य रू. ४० भन्दा बढीले घटेपछि यसको असर बैङ्किङ समूहको परिसूचकमा देखिएको हो ।
बुधवार १ हजार ५ सय ८० कारोबारबाट ७५ हजार ७ सय २२ कित्ता शेयर खरीद-विक्री भएर रू. २ करोड ३४ लाखभन्दा बढीको रकम परिचालन भएको छ । त्यसैगरी, रू. ३ खर्ब ४३ अर्बभन्