नेप्सेमा सामान्य वृद्धि
चैत २४, काठमाडौं (अस)। साताको अन्तिम दिन बिहीवार नेप्से परिसूचक १ दशमलव शून्य ४ अङ्कले बढयो । बैङ्किङ र जलविद्युत् समूहको परिसूचकमा सुधार आएपछि नेप्से बढेको हो । दिउँसो सर्वा १ बजेतिर नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य बढेपछि बढेको नेप्से ३ नबज्दै घटे पनि अन्त्यमा पुन: बढयो । बिहीवार नेपाल दूरसञ्चारको शेयर ससानो परिमाणमा म्याचिङ भयो भने कुमारी बैङ्कको संस्थापक शेयरसमेत विक्री भएको छ । कुमारी बैङ्कका संस्थापक श्रीनिवास शारदाको नाममा रहेको १४ हजार ८ सय ५० कित्ता शेयर त्रिलोकचन्द्र अग्रवालले खरीद गरेको बुझिएको छ । नेप्सेसँगै 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारण लगानीकर्ताहरूले सजिलै किनबेच गर्न सक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक पनि बढे ।
बिहीवार कारोबारमा आएका ६ समूहमध्ये विकास बैङ्क, बीमा र वित्त कम्पनी समूहका परिसूचक सामान्य घटे भने 'अन्य’ समूहको परिसूचक स्थिर रहयो । बैङ्किङ समूहको परिसूचक सबैभन्दा उच्च २ दशमलव १५ अङ्क र जलविद्युत् समूहको परिसूचक शून्य दशमलव १२ अङ्कले बढयो । स्टयार्ण्र्डड चार्टर्ड, कुमारी, सिध्दार्थ, एभरेष्ट बैङ्कलगायतको शेयरमूल्य रू. २० देखि रू. २५ सम्म बढेपछि बैङ्किङ समूहको परिसूचक बढयो ।
बिहीवार शेयर सङ्ख्या, कारोबार सङ्ख्या, कम्पनी सङ्ख्या र रकम परिचालन पनि बढयो । बिहीवार २ हजार ३ सय ५८ कारोबारबाट ७५ कम्पनीका ८० हजार ९ सय ४३ कित्ता शेयर खरिद-विक्री भए । त्यसबाट रू. १ करोड ९६ लाखको कारोबार भयो भने ३ खर्ब २४ अर्बभन्दा बढीको कुल बजार पूँजीकरण भयो । बिहीवार २८ कम्पनीको शेयरमूल्य बढयो, २५ को शेयरमूल्य घटयो भने बाँकीको स्थिर रहयो । बिहीवार शेयर सङ्ख्या र कारोबार रकमको आधारमा कुमारी बैङ्कको संस्थापक शेयर अग्रस्थानमा रहयो । कारोबार सङ्ख्याको आधारमा भ्याली फाइनान्सको सबैभन्दा धेरै ६ सय ७५ कारोबार भयो । स्टयार्ण्र्डड चार्टर्ड बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. २५ ले बढयो भने कुमारी बैङ्कको संस्थापक शेयर सबैभन्दा धेरै रू. ९७ ले घटयो ।
Admin 2011-04-08