शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से पुनः ३९० तिर
पुस २५, काठमाडौं (अस)। गत बिहीवारदेखि घट्न थालेको नप्से यो साताको पहिलो दिन आइतवार पनि बढेन । आइतवार नेप्से २ दशमलव १७ अङ्कले घटेर ३ सय ९८ दशमलव २६ कायम भयो । नेप्से यसरी नै घट्दै गएमा यसको तत्कालिन टेवा बिन्दु ३ सय ९० हुने विश्लेषकहरुले बताएका छन् । 'यही पुस ४ पूरा आकरमा हेर्नुहोस्गते नेप्से चार वर्षताको सबैभन्दा न्यून बिन्दु ३ सय ९० को टेवा पाएर बढ्न शुरू गरेको थियो, ' एक विश्लेषकले भने , 'त्यसैले अहिले पनि नेप्से सो बिन्दुसम्म पुग्ने सम्भावना बढी छ ।' यदि ३९० को टेवा तोडेमा नेप्सेका लागि आगामी टेवा बिन्दु ३ सय ७६ हुने उनको भनाइ छ । '४ वर्षअघि पनि नेप्से त्यही बिन्दुबाट बढ्न शुरू गरेर ११ सय ७५ सम्म पुगेको थियो,' उनले भने ।

आइतवार नेप्से घटेपछि दोस्रो  बजारमा सुचिकृत 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र र्सवसाधारण लगानीकर्ताहरूले सजिलै खरीद गर्न सक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक पनि ओरालो लाग्यो ।

आइतवार कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि नेप्से आरालो लागेको हो । विकास बैङ्क, 'अन्य' र बैङ्किङ समूहका परिसूचक सबैभन्दा धेरै क्रमशः ४ दशमलव २३, ३ दशमलव ५२ र २ दशमलव १४ ले घटे । त्यस्तै वित्त कम्पनी, जलविद्युत् र बीमासमूहको परिसूचक क्रमशः शून्य दशमलव ४७, शून्य दशमलव ३५ र शून्य दशमलव ११ ले घटे । आइतवार कारोबार सङ्ख्या बढे पनि कारोबारमा आएका कम्पनीहरूको सङ्ख्या, कारोबार रकम, शेयर सङ्ख्या र कुल बजार पूँजीकरण घटे ।
 
आइतवार १ हजार ५६ कारोबारबाट ७० कम्पनीका ५२ हजार ७ सय ८२ कित्ता शेयर खरीद-विक्री भई रू. १ करोड ६७ लाखभन्दा बढी रकम परिचालन भयो । त्यसबाट रू. ३ खर्ब ४५ अर्बभन्दा बढीको कुल बजार पूँजीकरण भयो । आइतवार कारोबारमा आएका ३९ कम्पनीको शेयर मूल्य घट्यो, २१ कम्पनीको शेयर मूल्य बढ्यो भने १० कम्पनीको शेयर मूल्य स्थिर रह्यो । आइतवार कारोबार सङ्ख्याका आधारमा युनिक फाइनान्सियल इन्षिटच्युशन र शेयर सङ्ख्याका आधारमा मनकामना डेभलपमेण्ट बैङ्क अग्रस्थानमा रहे ।

मनकामना डेभलपमेण्ट बैङ्कको कारोबार विगत केही समयदेखि सबैभन्दा बढी हुने गरेको छ । युनिक फाइनान्सियल इन्षिटच्युशनका १ सय ६० कारोबार भए भने मनकामना डेभलपमेण्ट बैङ्कका ५ हजार ४० कित्ता शेयर खरीद-विक्री भई अन्तिम मूल्य रू. १ सय १७ कायम भयो । कारोबार रकमको आधारमा बैङ्क अफ काठमाण्डूको सबैभन्दा बढी रू. १७ लाख ८५ हजारभन्दा बढीको कारोबार भयो । आइतवार  एभरेष्ट बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. ३० ले महँगियो भने गौरीशङ्कर डेभलपमेण्ट बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. २२ ले सस्तियो ।