शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्सेले ३ सय ९० को तह पनि तोडयो
फागुन २६, काठमाडौं (अस) । साताको अन्तिम दिन बिहीवार नेप्से साढे ४ वर्षयताकै न्यून बिन्दुमा आइपुगेको छ । विसं. २०६३ असोज १ गते ३ सय ८७ दशमलव ५९ बिन्दुबाट एकैचोटि ३ सय ९३ हुँदै बढेको नेप्से पछिल्ला महीनाहरूमा लगातार घटिरहे पनि ३ सय ९० भन्दा तल बन्द भएको थिएन । लगातार घटिरहेको नेप्सेले पुस ४ र फागुन १६ गते ३ सय ९० को टेवा पाएर बढेको भए पनि बिहीवार यो तह तोडेको छ । नेप्से २ दशमलव ९ अङ्कले घटेर ३ सय ८९ दशमलव ८१ बिन्दुमा आइपुगेको छ । बिहीवार नेप्से घटेपछि 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सवसाधारण लगानीकर्ताहरूले सजिलै किनबेच गर्न सक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक पनि घटे ।

बिहीवार कारोबारमा आएका ७ समूहमध्ये  बैङ्किङ, विकास बैङ्क, जलविद्युत्, बीमा, वित्त कम्पनी र 'अन्य' समूहको परिसूचक घटयो भने उत्पादन तथा प्रशोधन समूहको परिसूचक स्थिर रहयो । बिहीवार बैङ्किङ समूहअर्न्तगतका एभेष्ट, नबिल र स्टयाण्डर्ड चार्टर्ड बैङ्कको शेयरमूल्य उच्च अङ्कले घट्दा नेप्से ५ अङ्कभन्दा धेरैले घटेको थियो । तर, कारोबारको अन्तिम समयतिर एभरेष्ट र स्टयाण्डर्ड चार्टर्डको शेयरमूल्य बढ्दा र नबिलको शेयरमूल्यमा केही सुधार हुँदा नेप्से केही फर्केको हो । त्यसैगरी, नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य रू. ७ ले घट्दा 'अन्य' र चिलिमेको शेयरमूल्य रू. २० ले घट्दा  जलविद्युत् समूहको परिसूचक सबैभन्दा धेरैले घटयो ।  

बिहीवार कम्पनी, शेयर सङ्ख्या, कारोबार सङ्ख्या, कारोबार रकमका साथै कुल बजार पूँजीकरण पनि घटयो । बिहीवार १ हजार ७ सय ३६ कारोबारबाट ७३ कम्पनीका ६४ हजार ४ सय ३९ कित्ता शेयर खरीद-विक्री भए । त्यसबाट रू. ३ खर्ब ४२ अर्बभन्दा बढीको कुल बजार पूँजीकरण भयो । बिहीवार कारोबारमा आएकामध्ये ४४ कम्पनीको शेयरमूल्य घटयो, १८ कम्पनीको शेयरमूल्य बढ्यो भने बाँकीको स्थिर रहयो ।

बिहीवार कारोबार सङ्ख्या र शेयर सङ्ख्याका आधारमा गौरीशङ्कर डेभलपमेण्ट बैङ्क अग्रस्थानमा रहयो । गौरीशङ्करका ३ सय ८५ कारोबारबाट ४ हजार ४ सय ७० कित्ता शेयर किनबेच भए । कारोबार रकमका आधारमा भने स्टयाण्डर्ड चार्टर्ड बैङ्कको सबैभन्दा धेरै रू.२५ लाख ३९ हजारभन्दा बढीको करोबार भयो । कारोबारमा आएकामध्ये एभरेष्ट बैङ्कको  शेयरमूल्य सबैभन्दा धेरै रू. ३८ ले बढयो भने वागेश्वरी विकास बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. ३६ ले घटयो  ।

Admin 2011-03-11