शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

पाँच मिनेटमा २ अङ्क तल  
 माघ २६, काठमाडौं (अस)। साताको चौथो दिन बुधवार कारोबारमा आएका मध्ये ५६ प्रतिशत शेयरको मूल्य बढेर कारोबार भए पनि नेप्सेमा सुधार आएन । यस दिन कारोबारमा आएका कुल १ लाख १४ हजार २ सय ४ शेयर मध्ये ६४ हजार २ सय ५७ शेयरको मूल्य बढेर कारोबार भए पनि अन्य धेरै शेयरहरू उच्च मूल्यले घटेपछि नेप्से घटेको हो । मूल्य घटेर कारोबार भएका कम्पनीका शेयर सदस्यहरूले प्रतिशेयर रू. १ देखि रू. ८० सम्म गुमाए । बुधवार नेप्से १ दशमलव ५ अङ्कले घटेर ४ सय ५ दशमलव ४४ मा पुग्यो । बुधवार नेप्सेसँगै 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारण लगानीकर्ताहरूले सजिलै खरीद-विक्री गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि घटयो ।

बुधवार मात्रै ४ समूहको कारोबार भयो । जसमध्ये शून्य दशमलव ३२ अङ्कले बढेको बीमा समूहले नेप्से बढाउन खासै सहयोग पुगेन । त्यस्तै, बैङ्क, विकास बैङ्क र वित्त समूहको परिसूचक क्रमशः   १ दशमलव ४१, शून्य दशमलव १८ र शून्य दशमलव ४८ ले घटयो ।

बुधवार कारोबारमा आएका कम्पनी सङ्ख्या, कारोबार र शेयर सङ्ख्याका साथै रकम परिचालन  पनि बढेको छ । तर, कुल बजार पूँजीकरण भने घटयो । यस दिन १ हजार ६ सय ८४ कारोबारबाट शेयरहरूको खरीद-विक्री भई रू. २ करोड २९ लाखभन्दा बढी रकम परिचालन भयो । यसबाट ३ खर्ब ५४ अर्ब कुल बजार पूँजीकरण भएको छ । बुधवार कारोबारमा आएका ७४ मध्ये ३५ कम्पनीको शेयर मूल्य घटयो, २९ कम्पनीको शेयर मूल्य बढयो भने  बाँकीको स्थिर रहयो ।

बुधवार शेयर सङ्ख्या र रकमको आधारमा  पशुपति डेभलपमेण्ट बैङ्क अग्रस्थानमा रहयो ।  बैङ्कको ५० हजार ३ सय १ शेयर खरीद-विक्री भई रू. ५८ लाख ८४ हजार रकम कारोबार भयो । पशुपति डेभलपमेण्ट बैङ्कको कुल शेयर मध्ये ५० हजार कित्ता शेयर ब्रोकर नम्बर १८ बाट बल्क म्याचिङ भएको छ । सबैभन्दा धेरै ५ सय ४४  कारोबार भएको सेवा विकास बैङ्कको शेयर आज पनि ससानो परिमाणमा म्याचिङ भएको छ ।  बुधवार एभरेष्ट बैङ्कको शेयर मूल्य सबैभन्दा धेरैले रू. ४९ ले बढयो भने युनिलिभर नेपालको शेयर मूल्य सबैभन्दा धेरै  रू. ८० ले घटयो ।