शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से ३७६ को नयाँ टेवा पछयाउँदै
मङ्सिर २६, काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसूचकले ३ वर्षअगाडिको बलियो टेवा तोडयो । आइतवार नेप्से ३ दशमलव ४६ अङ्कले घटेर ३ सय ९५ दशमलव ४२ मा बन्द भयो । नेप्सेका लागि आगामी प्रमुख टेवा सन् २००६ को क्लोजिङ बिन्दु ३ सय ७६ हुने देखिएको छ । ३ वर्षअघि ४ सयको हाराहारीबाट बढ्न शुरू गरेको नेप्सेलाई अहिले सो तह तोड्न निकै कठिन भएको थियो । यदि ३ सय ७६ लाई पनि तोडेमा नेप्सेको अर्को टेवा ३ सय ५० को हाराहारीमा हुने देखिन्छ ।

पूरा आकारमा हेर्नुहोस्आइतवार बजार शुरू भएको डेढ घण्टासम्म न्यून कारोबार भएको थियो । यसले गर्दा नेप्से केही समयसम्म कारोबार शुरू हुँदाकै बिन्दुमा अडि्एर घट्न थालेको थियो । आइतवार नेप्से घटेपछि 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारण लगानीकर्ताहरूले सजिलै खरीद गर्न सक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक पनि घटे । आइतवार कारोबारमा आएका पाँच समूहमध्ये जलविद्युत् समूहको परिसूचकमा मात्र सुधार भयो । जलविद्युत् समूहको परिसूचक २ अङ्कले बढयो भने बैङ्किङ र विकास बैङ्क समूहका परिसूचक सबैभन्दा धेरै क्रमशः ५ र ३ अङ्कले घटे । वित्त कम्पनी र बीमा समूहका परिसूचक भने सामान्य घटे । जलविद्युत् समूहमा सूचीकृत अरुण भ्याली हाइड्रोपावर र चिलिमे हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा भएको वृद्धिले यो समूहको परिसूचक बढेको हो ।
 
आइतवार किन-बेच भएका शेयर सङ्ख्या बढे पनि कम्पनीहरूको शेयर मूल्य नबढ्दा कारोबार रकम वृद्धि हुन सकेन । आइतवार १ हजार ४ सय ४१ कारोबारबाट १ लाख ११ हजार ९४ किक्ता शेयर खरीद-विक्री भई रू. २ करोड ६४ लाखभन्दा बढी रकम परिचालन भयो । यसबाट ३ खर्ब ३८ अर्बभन्दा बढीको कुल बजार पूँजीकरण भएको छ । आइतवार कारोबारमा आएका ७३ कम्पनीमध्ये ४१ कम्पनीको शेयर मूल्य घटयो, २१ को शेयरमूल्य बढयो भने ११ कम्पनीको शेयरमूल्य स्थिर रहयो । आइतवार कारोबार सङ्ख्या र शेयर सङ्ख्याका आधारमा हिमचुली विकास बैङ्क अग्रस्थानमा रहयो । हिमचुलीका २ सय १२ कारोबारबाट १३ हजार २ सय ४४ शेयर खरीद-विक्री भए । कारोबार रकमको आधारमा बैङ्क अफ काठमाण्डू रू.२१ लाख ६४ हजारको कारोबारसहित सबैभन्दा अघि रहयो । आइतवार जेनिथ फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै रू. ११ ले बढयो भने एभरेष्ट बैङ्कको शेयरमूल्यमा सबैभन्दा धेरै रू. ५७ ले घटयो ।