नेप्से १५ मिनेटमै ४ अङ्क उक्ल्यो
पुस २६, काठमाडौं । सोमवार जलविद्युत् समूहको परिसूचक झण्डै साढे ८ अङ्कले बढेपछि नेप्से १ दशमलव २१ अङ्कले बढेर ४ सयको नजिक पुग्यो । चिलिमे र नेशनल हाइड्रोपावर कम्पनीको शेयर मूल्य क्रमशः रू।२३ र २ ले बढ्दा जलविद्युत् समूहको परिसूचक ८ दशमलव ३७ अङ्कले बढयो । बैङ्किङ समूहको परिसूचक २ दशमलव ३८ अङ्कले बढ्दा नेप्सेलाई थप टेवा मिल्यो । दिउँसो साढे २ बजेसम्म लगभग स्थिर रहेको नेप्से त्यसपछि झण्डै २ अङ्कले घटे पनि कारोबार बन्द हुनै लाग्दा स्ट्यार्ण्र्डड चार्र्टर्ड र नबिल बैङ्कको शेयर मूल्य बढेपछि पुनः बढेको हो । स्ट्यार्ण्र्डड चार्र्टर्ड बैङ्कको शेयर मूल्य दिनभर उतारचढाव भए पनि अन्त्यतिर बढेको थियो । त्यसैगरी, हिमालयन र नेपाल एसबीआई बैङ्कको शेयर मूल्य दिनभर बढेकाले बैङ्किङ समूहको परिसूचक बढ्न सजिलो भएको हो । सोमवार 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र र्सवसाधारण लगानीकर्ताहरूले सजिलै खरीद गर्न सक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक पनि बढे ।
सोमवार एल्पिक एभरेष्ट फाइनान्सका ३९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर किनबेचबाट रू। ५१ लाख ७० हजारभन्दा बढीको कारोबार भयो । ब्रोकर नम्बर २५ बाट विक्री भएको सो कम्पनीको शेयर ब्रोकर नं १६ मार्फ अहिलेकै संस्थापक मध्ये एकले खरीद गरेको बुझिएको छ ।
सोमवार कारोबारमा आएका ७ समूहमध्ये जलविद्युत् र बैङ्किङबाहेक सबै समूहका परिसूचक घटे । सोमवार कारोबारमा आएका कम्पनीहरूको सङ्ख्यासँगै कारोबार सङ्ख्या, शेयर सङ्ख्या, रकम परिचालन र कुल बजार पूँजीकरण पनि वृद्धि भयो । १ हजार २ सय ९३ कारोबारबाट ८८ कम्पनीका १ लाख २ हजार ६ सय ५ कित्ता शेयर खरीद-विक्री भई रू। २ करोड ३१ लाखभन्दा बढी रकम परिचालन भयो । त्यसबाट रू। ३ खर्ब ४६ अर्बभन्दा बढीको कुल बजार पूँजीकरण भयो ।
सोमवार कारोबारमा आएका मध्ये ३७ कम्पनीको शेयर मूल्य घटयो , ३६ कम्पनीको शेयर बढयो भने १४ को स्थिर रहयो । शेयर सङ्ख्या र कारोबार रकमका आधारमा एल्पिक एभरेष्ट फाइनान्सको संस्थापक शेयर अग्रस्थानमा रहयो । कारोबार सङ्ख्याका आधारमा १ सय ४३ कारोबारसहित युनिक फाइनान्सियल इन्षिटच्युसन सबैभन्दा अगाडि रहन सफल भयो । सोमवार चिलिमेको शेयर सबैभन्दा महँगियो भने सिध्दार्थ फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै रू। ४० ले सस्तियो । यसैदिन पहिलोपटक कारोबारमा आएको ज्योति विकास बैङ्कको शेयर मूल्य रू। ३ सय ३ कायम भयो ।