शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

वास्तविक क्षेत्रले घटायो नेप्से
माघ २७, (अस) काठमाडौं । साताको अन्तिम दिन बिहीवार जलविद्युत् र उत्पादनमूलक समूहका परिसूचक उच्च दरमा र बैङ्किङ तथा वित्त कम्पनी समूहका परिसूचक पनि केही ओरालो लागेपछि नेप्से बढ्न सकेन । बिहीवार कारोबारमा आएका ६ समूहमध्ये विकास बैङ्क र बीमा समूहका परिसूचकहरूमा झिनो वृद्धि भए पनि त्यसले नेप्सेलाई टेवा दिन सकेन ।

बिहीवार जलविद्युत् र उत्पादनमूलक समूहका परिसूचक क्रमशः ९ दशमलव ५६ र ५ दशमलव १९ अङ्कले घटे । त्यसैगरी वित्त कम्पनी र बैङ्किङ समूहका परिसूचक पनि क्रमशः १ दशमलव २७ र १ दशमव २ अङ्कले घटे । जलविद्युत् समूहका चिलिमे हाइड्रो र बुटवल पावर कम्पनीको शेयर मूल्य क्रमशः रू. २० र ८ ले घट्दा यो समूहको परिसूचक घटेको हो । त्यसैगरी उत्पादनमूलक समूहबाट कारोबार भएको एकमात्र कम्पनी युनिलिभर नेपाल लिमिटेडको शेयर मूल्य रू.१ सयले घटेकाले यो समूहको परिसूचक घटेको हो । शेयर बजारमा ठूलो प्रभाव पार्ने एभरेष्ट, नबिल, हिमालयन र बैङ्क अफ काठमाण्डूका शेयर मूल्यमा आएको कमीले बैङ्किङ समूहको परिसूचक घटाएको हो । बैङ्किङ् समूहअर्न्तगत पर्ने लक्ष्मी बैङ्कको शेयर मूल्यमा भएको वृद्धिले यस समूहको परिसूचक बढाउन सकेन ।

बिहीवार पहिलोपटक कारोबारमा आएको कन्काई विकास बैङ्कको शेयर मूल्य रू. ३ सय ५६ मा किनबेच भयो । बिहीवार सबैभन्दा धेरै रकमको कारोबार भएको स्टयाण्डर्ड फाइनान्सका ४२ हजार २० कित्ता शेयर ब्रोकर नम्बर २० बाट एकै कारोबार म्याचिङ भए । त्यसैगरी, सबैभन्दा धेरै सङ्ख्यामा कारोबार भएको सेवा विकास बैङ्कका शेयर पनि म्याचिङ भएको देखिन्छ । यो कम्पनीका शेयर पछिल्लो समयमा सूचीकृत भएकाले अरूको नाममा समेत खरीद गरेको शेयर नामसारी गर्न ससानो परिमाणमा म्याचिङ भएको देखिन्छ । बिहीवार कारोबार भएका कम्पनीमध्ये प्रतिशतको आधारमा भिबोर, ड्रि्रोक्स विकास बैङ्क र लक्ष्मी बैङ्कको शेयर सबैभन्दा धेरै बढयो । त्यसैगरी विश्व विकास बैङ्क, जनरल र क्रिष्टल फाइनान्सको शेयर सबैभन्दा धेरै प्रतिशतले

घटयो । अघिल्लो दिनका तुलनामा बिहीवार नेप्से घटे पनि कारोबारमा आएका कम्पनी सङ्ख्या, कारोबार रकम र शेयर सङ्ख्यामा भने वृद्धि भएको छ । बिहीवार १ हजार ७ सय ३० कारोबारबाट ८१ कम्पनीमा १ लाख ३२ हजार ७ सय ५६ कित्ता शेयर किनबेच भएर रू. २ करोड ६१ लाखबराबरको रकम परिचालन भयो । यो अघिल्लो दिनको तुलनामा रू. ३२ लाखभन्दा धेरै हो । बिहीवार कारोबारमा आएका ८१ कम्पनीमध्ये ४० कम्पनीको शेयर मूल्य घटयो, २५ को शेयर मूल्य बढयो भने १५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । १ कम्पनीको शेयर प्रथमपटक कारोबार भयो ।

Admin 2011-02-11