शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से लगभग स्थिर
मङ्सिर २७, काठमाडौं (अस) । साताको दोस्रो दिन सोमवार नेप्से झीनो अङ्कले घटयो । सोमवार नेप्से शून्य दशमलव ३५ अङ्कले घटेर ३ सय ९४ दशमलव शून्य ४ कायम भयो । सोमवार दिउँसो नेप्से लामो समयसम्म सुधार देखिए पनि कारोबार अन्त्य हुँदासम्म त्यो सुधार कायम रहन सकेन । नेपाल दूरसञ्चार कम्पनी र केही वाणिज्य बैङ्कको शेयर मूल्य बढेपछि सो सुधार देखिएको थियो । तर, कारोबार बन्द हुने समयमा विक्री चाप बढेकाले नेप्से घटयो । नेप्सेसँगै ' क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै खरीद गर्न सक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक पनि सामान्य घटे ।

पूरा आकारमा हेर्नुहोस्सोमवार कारोबारमा आएका ५ समूहमध्ये 'अन्य' समूहको परिसूचकमा मात्र सुधार आयो । 'अन्य' समूहमा सूचीकृत नेपाल दूरसञ्चार कम्पनीको शेयर मूल्य रू. ५ ले बढेपछि यो समूहको परिसूचक ५ अङ्कले नै बढयो । कारोबारमा आएका बैङ्किङ, विकास बैङ्क, वित्त कम्पनी र बीमासमूहका परिसूचक घटेकाले अन्य समूहको वृद्धिले मात्रै नेप्सेलाई थेग्न सकेन । सोमवार कारोबार शुरू हुँदा नबिल, बैङ्क अफ काठमाडू र स्टयार्ण्र्डड चार्र्टर्डलगायतका वाणिज्य बैङ्कहरूको शेयर मूल्य बढेकाले नेप्सेमा सुधार देखिएको थियो । तर, कारोबार अन्त्य हुने समयमा ती कम्पनीको शेयर मूल्य घटेपछि बैङ्किङ समूहको परिसूचक घटयो । कारोबार सङ्ख्या र शेयर सङ्ख्या घटेपछि कारोबार रकम पनि घटयो ।

सोमवार ८ सय ७७ कारोबारबाट ६० हजार ३ सय ६५ कित्ता शेयर खरीद-विक्री भई रू. १ करोड ७५ लाखभन्दा बढी रकम परिचालन भयो । त्यसबाट रू. ३ खर्ब ३७ अर्ब भन्दा बढीको कुल बजार पूँजीकरण भयो ।

सोमवार कारोबारमा आएका ६० कम्पनीमध्ये ३८ कम्पनीको शेयर मूल्य घटयो, १४ कम्पनीको शेयर मूल्य बढयो भने ८ कम्पनीको शेयर मूल्य स्थिर रहयो । कारोबार सङ्ख्या र शेयर सङ्ख्याका आधारमा कृषि विकास बैङ्क अग्रस्थानमा रहयो । कृषि विकास बैङ्कका १ सय ३१ कारोबारबाट ७ हजार ७ सय ५५ कित्ता शेयर खरीद-विक्री भए । कारोबार रकमका आधारमा बैङ्क अफ काठमाडूको सबैभन्दा बढी रू.२१ लाख ३१ हजारको कारोबार भयो । सोमवार सिध्दार्थ फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै रू. ३४ ले घटयो भने युनिक फाइनान्सियल इन्षिटच्युशन र सिटी डेभलपमेण्ट बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. ७ ले बढयो ।