शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

बिहीवार पनि बढयो नेप्से
वैशाख २९, काठमाडौं (अस) । यो साता नेप्से सबै दिन बढेर कारोबार भएको छ । यसै क्रममा अन्तिम दिन बिहीवार नेप्से र कारोबार रकम दुवै बढेका छन् । यसले नेप्से सुधारोन्मुख अवस्थामा आइपुगेको सङ्केत गरेको छ । बिहीवार नेप्से १ दशमलव ७८ अङ्कले बढेर ३ सय ४६ दशमलव ४५ बिन्दुमा आइपुगेको छ । कारोबार रकम पनि बढेर रू. २ करोड ८२ लाख पुगेको छ । यस दिन आईसीएफसी फाइनान्सको संस्थापक शेयर र  पिपुल्स फाइनान्सको शेयर बल्क म्याचिङ भएपछि कारोबार रकम बढ्न सहयोग पुगेको देखिन्छ । पिपुल्स फाइनान्सको  १४ नम्बर ब्रोकरबाट ५० हजारभन्दा धेरै शेयर किनबेच भई रू.१ करोड १४ लाख  कारोबार भएको छ । यी शेयर संस्थापक समूहभित्रै कारोबार भएको बुझिएको छ । त्यसैगरी आईसीएफसी फाइनान्सको ५४ हजार संस्थापक शेयर किनबेच भई रू. ६३ लाखको कारोबार भएको छ । ब्रोकर नम्बर १८ र ६ बीच यो कारोबार भएको हो । यस दिन नेप्सेसँगै 'क’ वर्गमा सूचीकृत कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि बढे ।

बिहीवार कारोबारमा आएका सातमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी तीनको घटेको छ । विकास बैङ्क, बैङ्किङ, जलविद्युत् र 'अन्य’समूहको परिसूचक बढेको छ । त्यसैगरी होटल, वित्त र बीमा समूहको परिसूचक भने घटेका छन् ।

बिहीवार कम्पनी सङ्ख्या, शेयर र कारोबार सङ्ख्या पनि बढेका छन । यसदिन ८६ कम्पनीका १ हजार ६० कारोबारबाट १ लाख ५८ हजार शेयर किनबेच भएका छन् । यसबाट रू. ३ खर्ब ८ अर्ब रकमको कुल बजार पूँजीकरण भएको छ ।

Admin 2011-05-13