शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से ३ सय १ मा झर्यो
जेठ ३०, काठमाडौं (अस)। सोमवार नेप्से परिसूचक २ दशमलव ४ अङ्कले घटेर ३ सय १ दशमलव ७३ मा पुग्यो । सातको दोस्रो दिन पनि नेप्से परिसूचक ओरालो लागेपछि यो अझै घट्न सक्ने अनुमान गरिएको छ । तर, आइतवारको तुलनामा सोमवार नेप्से घट्ने दरमा केही कमी आएको छ । नेप्से घटेपछि 'क' वर्गका कम्पनीको कारोबारमापक सेन्सेटिभ र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरको कारोबारमापक फ्लोट परिसूचक पनि घटे ।

सोमवार आठ समूहको कारोबार भएकोमा उत्पादन तथा प्रशोधन र अन्यबाहेक सबै समूहका परिसूचक घटे । सोमवार नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य रू. ११ ले बढेपछि अन्य समूहको परिसूचक सबैभन्दा बढी १२ दशमलव ९२ अङ्कले बढयो । यसैगरी, उत्पादन तथा प्रशोधन समूहको परिसूचक पनि १ दशमलव ७६ अङ्कले बढयो । यो समूहअन्तर्गत बोर्टलस नेपालको शेयरमूल्य रू. १६ ले बढेपछि समूहकै परिसूचक बढेको हो ।

सोमवार जलविद्युत् समूहको परिसूचक सबैभन्दा धेरै १४ दशमलव ७९ अङ्कले घटयो । सो समूहअन्तर्गत चिलिमे र अरूण भ्याली हाइड्रोपावर कम्पनीको शेयरमूल्य क्रमश: ३८ र २६ रुपैयाँले घटेपछि समग्र समूहकै परिसूचक भारी अङ्कले घटेको हो ।  शेयर बजारमा उतारचढाव ल्याइरहने बैङ्किङ समूहको परिसूचक सोमवार ६ दशमलव २४ अङ्कले घटयो । सो समूहअन्तर्गत  लक्ष्मी बैङ्कको शेयरमूल्य ३३ रुपैयाँले घटयो । नबिल बैङ्क, हिमालयन बैङ्क, नेपाल इन्भेष्टमेण्ट बैङ्क, प्राइम कमर्शियल बैङ्क, स्टयार्ण्र्डड चार्टर्डले पनि लक्ष्मी बैङ्कलाई नै पछयाएपछि बैङ्किङ समूहकै परिसूचक घटेको हो । सोमवार बीमा र होटल समूहको परिसूचक क्रमश: ४ दशमलव ३ र २ दशमलव २६ अङ्कले घटेको छ भने विकास बैङ्क र वित्त कम्पनीको परिसूचकमा सामान्य कमी आएको छ ।

सोमवार ७१ कम्पनीका १ हजार १ सय ७६ कारोबारबाट ८६ हजार ९ सय ४५ कित्ता शेयर किनबेच भए । सो कारोबारबाट रू. २ करोड २८ लाख परिचालन भयो भने रू. २ खर्ब ६८ अर्बको बजार पूँजीकरण भयो । सोमवार बैङ्क अफ काठमाण्डू करीब रू. ४१ लाखबराबरको शेयर किनबेच भएर प्रमुख कारोबार गर्नेको सूचीमा उक्लियो । यसैगरी, लक्ष्मी बैङ्कको शेयरमूल्य सबैभन्दा बढी १० प्रतिशत सस्तियो भने विश्व विकास बैङ्कको सबैभन्दा बढी ७ दशमलव ७३ प्रतिशत महँगो भयो ।

Admin 2011-06-14