आइतवार पनि घट्यो नेप्से
मङ्िसर ४, काठमाडा ंै । आइतवार नेप्से परिसूचक १ दशमलव १५ अङ्क घट्यो । गत बिहीवार ३ दशमलव ७७ अङ्क बढेर ३ सय २९ दशमलव ३८ मा बन्द भएको नेप्से परिसूचक आइतवार घटेर ३ सय २८ दशमलव २३ मा झ¥यो । गत साता बिहीवारबाहेक लगभग सबै दिन नेप्से परिसूचक नकारात्मक देखिएको थियो । मुलुकको राजनीति केही सकारात्मक देखिएकाले मङ्सिर महीनामा नेप्से परिसूचकमा सुधार आउने अनुमान गरिए पनि औसतभन्दा माथि उक्लिन सकेको छैन । अहिले अधिकांश सूचीकृत कम्पनीको साधारणसभाका लागि शेयरधनी दर्ता पुस्तिका बन्द (बूक क्लोज) भएकाले पनि त्यसको असर नेप्सेमा परेको सरोकारवालाहरूको भनाइ छ । नेप्से घटेपछि सेन्सेटिभ र फ्लोट पनि घटे ।
आइतवार १ हजार ६ सय ९३ कारोबारबाट ७५ कम्पनीका १ लाख २१ हजार १ सय ८४ कित्ता शेयर किनबेच भए । सो किनबेचबाट रू. २ करोड ९४ लाख परिचालन भयो भने रू. ३ खर्ब बजार पजूँ ीकरण भयो । यो औसत कारोबार हो । आइतवार रू. २७ लाख ३२ हजारभन्दा धेरैको शेयर कारोबार भएर नेशनल लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै काराबे ार गनर्मे ध्य े अगस््र थानमा र≈यो । मुक्तिनाथ विकास बैङ्कको शेयर सबैभन्दा धेरै ९ दशमलव ९४ प्रतिशत सस्तियो भने नेपाल क्रेडिट एण्ड कमर्श बैङ्कको शेयर सबैभन्दा धेरै ५ दशमलव ७९ प्रतिशत महँगो भयो । आइतवार आठ समूहको कारोबार भएकोमा होटल, जलविद्युत् र उत्पादन तथा प्रशोधन समूहका परिसूचक बढे भने बैङ्किङ, विकास बैङ्क, बीमा, वित्त कम्पनी र ‘अन्य’का परिसूचक घटे । आइतवार उत्पादन तथा प्रशोधन र जलविद्युत् समूहका परिसूचक क्रमशः शून्य दशमलव ९२ र शून्य दशमलव ६८ प्रतिशत बढे ।
अरूणभ्यालीको शेयरमूल्य रू. ६ घटे पनि बुटवल पावर कम्पनी र नेशनल हाइड्रोपावरको शेयरमूल्य क्रमशः रू. ९ र रू. १ ले बढेपछि जलविद्युत् समूहको परिसूचक सकारात्मक देखिएको ३२ हजारभन्दा धेरैको शेयर कारोबार भएर नेशनल लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै काराबे ार गनर्मे ध्य े अगस््र थानमा र≈यो । मुक्तिनाथ विकास बैङ्कको शेयर सबैभन्दा धेरै ९ दशमलव ९४ प्रतिशत सस्तियो भने नेपाल क्रेडिट एण्ड कमर्श बैङ्कको शेयर सबैभन्दा धेरै ५ दशमलव ७९ प्रतिशत महँगो भयो । आइतवार आठ समूहको कारोबार भएकोमा होटल, जलविद्युत् र उत्पादन तथा प्रशोधन समूहका परिसूचक बढे भने बैङ्किङ, विकास बैङ्क, बीमा, वित्त कम्पनी र ‘अन्य’का परिसूचक घटे । आइतवार उत्पादन तथा प्रशोधन र जलविद्युत् समूहका परिसूचक क्रमशः शून्य दशमलव ९२ र शून्य दशमलव ६८ प्रतिशत बढे । अरूणभ्यालीको शेयरमूल्य रू. ६ घटे पनि बुटवल पावर कम्पनी र नेशनल हाइड्रोपावरको शेयरमूल्य क्रमशः रू. ९ र रू. १ ले बढेपछि जलविद्युत् समूहको परिसूचक सकारात्मक देखिएको हो । आइतवार चिलिमे हाइड्रोपावर कम्पनीको शेयरमूल्य स्थिर र≈यो ।
यसैगरी, युनिलिभर नेपालको शेयरमूल्य रू. १ सय १३ बढेपछि उत्पादन तथा प्रशोधन समूहको परिसूचक आइतवार सकारात्मक देखियो । आइतवार बैङ्किङ समूहको परिसूचक शून्य दशमलव ८२ प्रतिशत घट्यो । स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको शेयरमूल्य रू. २४ बढे पनि नबिल, सिद्धार्थ र हिमालयन बैङ्कको शेयरमूल्य क्रमशः २४, ११ र १९ रुपैयाँ घटे । कुमारी, लक्ष्मीलगायतले पनि नबिल, सिद्धार्थ, हिमालयनलाई नै पछ्याएपछि बैङ्किङ समूहको परिसूचक नकारात्मक देखिएको हो । आइतवार विकास बैङ्क, वित्त कम्पनी र बीमा समूहको परिसूचक क्रमशः शून्य दशमलव ३४, शून्य दशमलव २१ र शून्य दशमलव ४४ प्रतिशत घटे भने होटल समूहको परिसूचक शून्य दशमलव १ प्रतिशत बढ्यो ।