शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

‘क’ वर्गका कम्पनीले घटाए नेप्से


मङ्गलवारको कारोबारमा ३८ कम्पनीको शेयरमूल्य घट्यो, २७ को बढ्यो भने बाँकीको स्थिर रह्यो । मङ्सिर ६, काठमाडौं । साताको तेस्रो दिन मङ्गलवार पनि नेप्से परिसूचक १ अङ्कभन्दा धेरैले घट्यो । नेप्सेमा सूचीकृत अधिकांश ‘क’ वर्गका कम्पनीको शेयरमूल्य घटेपछि नेप्से परिसूचक ओरालो लागेको हो । मङ्गलवार नेप्सेको वर्गीकरणअनुसार ‘क’ वर्गमा परेका बैङ्क तथा वित्त कम्पनीको शेयरमूल्य घट्यो । साथै, अरुणभ्याली र चिलिमे हाइड्रोपावर कम्पनीको शेयरमूल्य पनि घटेकाले जलविद्युत् समूहको परिसूचक सबैभन्दा धेरै ६ दशमलव ७२ अङ्कले घट्यो । फलस्वरूप, नेप्से परिसूचक शून्य दशमलव ३४ प्रतिशतले घटेर ३ सय २७ दशमलव ३७ बिन्दुमा आइपुग्यो । मङ्गलवार कारोबारमा आएका आठमध्ये बीमा र उत्पादन तथा प्रशोधन समूहको परिसूचकमा मात्र सुधार आयो ।

 

nepse


एशियन, नेशनल र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य बढेपछि बीमा समूहको परिसूचक शून्य दशमलव ३२ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन समूहको युनिलिभर नेपालको शेयरमूल्य रू. १ सय १६ ले बढेपछि यो समूहको परिसूचक शून्य दशमलव ९४ प्रतिशतले बढ्यो । जलविद्युत्, बैङ्किङ, विकास बैङ्क, होटल र वित्त कम्पनीका परिसूचक क्रमशः क्रमशः १ दशमलव १५, शून्य दशमलव ६९, शून्य दशलमव १२, शून्य दशमलव १४, शून्य दशमलव शून्य शून्य ७ प्रतिशतले घटे । मङ्गलवार कारोबार सङ्ख्या बढे पनि कम्पनी, शेयर सङ्ख्या र रकम परिचालन घटे । सो दिन १ हजार ५ सय १३ कारोबारबाट ८० कम्पनीका १ लाख ४६ हजारभन्दा बढी शेयर किनबेच भए, जसबाट रू. २ करोड ३३ लाख ७४ हजारभन्दा बढी रकम परिचालन भयो भने रू. ३ खर्बको कुल बजार पूँजीकरण भयो । मङ्गलवारको कारोबारमा ३८ कम्पनीको शेयरमूल्य घट्यो, २७ को बढ्यो भने बाँकीको स्थिर र≈यो ।

मङ्गलवार ३ सय ८१ पटक शेयर किनबेच भएको मुक्तिनाथ विकास बैङ्क खरीदविक्रीका आधारमा अग्रस्थानमा र≈यो । शेयर सङ्ख्या र रकम परिचालनका आधारमा लक्ष्मी बैङ्कको संस्थापक शेयर सबैभन्दा अग्रस्थानमा र≈यो । बैङ्कका ५२ हजार ९ सय २० कित्ता संस्थापक शेयर रू. १ सय २८ मा किनबेच भई रू. ६७ लाख ७३ हजार ७ सय ६० रकमको कारोबार भयो । प्रतिशतका आधारमा मङ्गलवार पूर्णिमा विकास बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै ८ दशमलव ६५ ले घट्यो भने मुक्तिनाथ विकास बैङ्कको शेयरमूल्य ९ दशमलव ५९ ले बढ्यो ।