शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

अन्तिम समयमा घट्यो नेप्से


साताको तेस्रो दिन मङ्गलवार नेप्से परिसूचक कारोबार बन्द हुनुभन्दा एक घण्टापहिला अघिल्लो दिनको बन्द अङ्कभन्दा तल झ¥यो ।


कारोबारको शुरुआतमा उच्चगतिमा बढेको नेपाल टेलिकम, चिलिमे जलविद्युत्लगायतका कम्पनीको मूल्यवृद्धि दर सुस्ताएपछि नेप्से परिसूचक ओरालो लाग्न थालेको हो । यी कम्पनीको शेयरमूल्य अघिल्लो दिनको तुलनामा भने बढेको छ । मङ्गलवार नेप्से परिसूचक शून्य दशमलव १ प्रतिशतले घटेर ३ सय २१ दशमलव १७ मा आइपुगेको छ ।


मङ्गलवार नेशनल हाइड्रोपावर कम्पनीका २ लाख कित्ता शेयर ब्रोकर नम्बर १० मार्फत म्याचिङ भएर रू. ९९ लाख ९६ हजारको कारोबार भयो । नेशनलका ती शेयर जेन श्रेष्ठले विक्री गरेको र हिमालयन क्यापिटल माकर्टे स् एण्ड इन्भेष्टमेण्ट कम्पनीले खरीद गरेको बुझिएको छ । सो दिन विराटलक्ष्मी विकास बैङ्क र सहयोगी विकास बैङ्कका संस्थापक शेयर तथा एभरेष्ट बैङ्कका परिवत्र्य अग्राधिकार शेयर पनि खरीदविक्री भएका छन् । फलस्वरूप, अघिल्लो दिनको तुलनामा रकम परिचालनमा वृद्धि भएको छ ।


मङ्गलवार कारोबारमा आएका ६ समूहमध्ये ‘अन्य’ समूहको परिसूचकमा मात्र सुधार आयो । नेपाल टेलिकमको शेयरमूल्य रू. २ ले बढेपछि ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव ४८ प्रतिशतले बढेको छ । बैङ्किङ, वित्त कम्पनी, जलविद्युत् र बीमा समूहका परिसूचक क्रमशः शून्य दशमलव ३२, शून्य दशमलव १९, शून्य दशमलव १५, शून्य दशमलव शून्य ६ प्रतिशतले घटे । विकास बैङ्क समूहको परिसूचक शून्य दशमलव शून्य १ अङ्कले घट्यो । बैङ्किङ समूहका लुम्बिनी, एभरेष्ट, कृषि विकास, डीसीबीएललगायतका बैङ्कको शेयरमूल्य घट्यो ।


त्यसैगरी, शेयरमूल्य घट्ने वित्त कम्पनीहरूमा युनियन फाइनान्स, एनआइर्ड ीसी क्यापिटल माकर्टे स् , आईसीएफसीलगायतका रहेका छन् । जलविद्युत् कम्पनीहरूमध्ये बुटवल हाइड्रोपावरको मात्र शेयरमूल्य घट्यो । सूर्यालाइफ, प्राइमलाइफ, शिखर इन्स्योरेन्सलगायत बीमा कम्पनीहरूको शेयरमूल्य पनि घटेको छ । मूल्य घट्ने विकास बैङ्कहरूमा कर्पाेरेट, त्रिवेणी, अरनिको, मालिकालगायत रहेका छन् ।


मङ्गलवार कम्पनी सङ्ख्या घटे पनि, कारोबार सङ्ख्या, शेयर सङ्ख्या र रकम परिचालन बढे । सो दिन १ हजार ८ सय ३३ कारोबारबाट ७९ कम्पनीका २ लाख ९७ हजारभन्दा बढी शेयर किनबेच भए । यसबाट रू. ३ करोड ९४ लाख ६४ हजारभन्दा बढी रकम परिचालन भयो भने रू. २ खर्ब ९४ अर्बको कुल बजार पँजू ीकरण भयो । ४२ कम्पनीको शेयरमूल्य घट्यो, २७ कम्पनीको बढ्यो भने बाँकीको स्थिर र≈यो । कारोबार सङ्ख्या र रकम परिचालनका आधारमा चिलिमे जलविद्युत् सबैभन्दा अग्रस्थानमा र≈यो । चिलिमेका ८ सय २ पटक भएको कारोबारबाट रू. १ करोड २८ लाख ५१ हजार ९ सय ६० रकमको कारोबार भयो । शेयर सङ्ख्याका आधारमा नेशनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा र≈यो । प्रतिशतका आधारमा मङग् लवार कपार्रे टे डभे लपमण्े ट बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै ६ दशमलव ७५ ले घट्यो भने रेसुङ्गा विकास बैङ्कको शेयरमूल्य ६ दशमलव १७ ले बढ्यो ।