नेप्से ३ सय १३ बाटै फर्कियो
बुधवार एनएमबी बैङ्कको शेयर किनबेचबाट रू. १ करोड ५६ लाखभन्दा धेरै रकमको कारोबार भयो ।
मङ्सिर २८, काठमाडौं । साताको चौथो दिन बुधवार नेप्से परिसूचक ३ सय १३ को टेवा परीक्षण गरेर फर्किएको छ । फलस्वरूप नेप्से मङ्गलवारभन्दा १ दशमलव १७ प्रतिशतले बढेर ३ सय १७ दशमलव ४ बिन्दुमा पुगेको छ । प्राविधिक विश्लेषणका आधारमा ३ सय १२ मा टेवा पाउने अपेक्षा गरिएको थियो । बुधवार एनएमबी बैङ्कको १ लाख कित्ता शेयर ब्रोकर नम्बर २८ बाट म्याचिङ कारोबार भएका छन् । बैङ्कको शेयर किनबेचबाट रू. १ करोड ५६ लाखभन्दा धेरै रकमको कारोबार भयो ।
कारोबारमा आएका सात समूहमध्ये बैङ्किङ, ‘अन्य’, जलविद्युत् र वित्त कम्पनी परिसूचक क्रमशः १ दशमलव ७२, १ दशमलव ४३, १ दशमलव २४ र शून्य दशमलव २७ प्रतिशतले बढेका छन् । बैङ्किङ समूहका लुम्बिनी, नबिल, बैङ्क अफ काठमाण्डू, स्ट्याण्डर्ड चार्टर्ड, बैङ्क अफ एशियालगायत बैङ्कका शेयरमूल्य बढे । नेपाल टेलिकमको शेयरमूल्य रू. ६ ले बढेपछि ‘अन्य’ समूहको परिसूचक बढेको हो । चिलिमे जलविद्युत् कम्पनीको शेयरमूल्य रू. २३ ले बढेपछि जलविद्युत् समूहको परिसूचक बढेको हो । चिलिमेको १२ हजार ९ सय ८० शेयर किनबेच भई रू. १ करोड ३ लाखभन्दा धेरै रकमको कारोबार भयो । केही साताअघि लगानीकर्ताबीच व्यक्तिगत कारोबार भएका चिलिमेका शेयरहरू नेप्सेमार्फत म्याचिङ भइरहेको छ ।
मूल्य बढ्ने वित्त कम्पनीहरूमा अपी फाइनान्स, एनआईडीसी क्यापिटल मार्केट्स, प्रभु फाइनान्स, ओम फाइनान्सलगायत रहेका छन् । विकास बैङ्क र बीमा समूहका परिसूचक क्रमशः शून्य दशमलव १५ र शून्य दशमलव शून्य २ प्रतिशतले घटेका छन् । प्रोफेशनल, अरनिको, कर्पाेरेट, उद्यमलगायत विकास बैङ्कको शेयरमूल्य घटे । गुराँस लाइफ र लाइफ इन्स्योरेन्स मूल्य घट्ने बीमा कम्पनी हुन् । उत्पादन तथा प्रशोधनमूलक समूहको परिसूचक स्थिर र≈यो ।
बुधवार कम्पनी सङ्ख्या र कारोबार सङ्ख्या घटे पनि शेयर सङख्् या र रकम परिचालन बढ े । सो दिन १ हजार ९ सय ६२ कारोबारबाट ६९ कम्पनीका १ लाख ७३ हजार ८२ शेयर किनबेच भए । यसबाट रू. ३ करोड ६३ लाख ४२ हजारभन्दा बढी रकम परिचालन भयो भने रू. २ खर्ब ९१ अबर्क ा े बजार पजूँ ीकरण भया े । २६ कम्पनीको शेयरमूल्य घट्यो, ३३ कम्पनीको बढ्यो भने बाँकीको स्थिर र≈यो । सो दिन कारोबार सङ्ख्याका आधारमा अग्रस्थानमा रहेको चिलिमे जलविद्युत्को ८ सय ६० पटक कारोबार भयो । शेयर सङ्ख्या र रकम परिचालनका आधारमा एनएमबी बैङ्क अग्रस्थानमा र≈यो । बुधवार प्रोफेशनल विकास बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै ९ दशमलव ६० प्रतिशतले घट्यो भने अपी फाइनान्सका े शये रमल्ू य सबभै न्दा धेरै ९ दशमलव ९२ प्रतिशतले बढ्यो ।