शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Jan 13, 2012
  


सनराइज बैङ्कको निक्षेप १२ प्रतिशतले बढ्यो


पसु २८, काठमाडा ंै । गत आवको प्रथम त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा सनराइज बैङ्कको निक्षेप १२ प्रतिशतले बढेको छ । बैङ्कले प्रकाशित गरेको चालू आवको प्रथम त्रैमासिक वित्तीय विवरणमा सो कुरा उल्लेख छ । आव २०६७÷०६८ को प्रथम त्रैमासमा रू. १३ अर्ब ९२ करोड रहेको बैङ्कको निक्षेप चालू आवको प्रथम त्रैमासमा वृद्धि भई रू. १५ अर्ब ५२ करोड पुगेको छ ।


बैङ्कले सनराइज पिङ्क बचत खाता, विशेष सेवा विशेष ग्राहकलाई, सनराइज सुरक्षित लकर बचत योजना आदि बचत योजना प्रदान गरेकाले पनि चालू आवमा बैङ्कको निक्षेपमा वृद्धि भएको हो ।


चालू आवको प्रथम त्रैमासमा बैङ्कको ब्याज आय ९ प्रतिशत घटेको छ भने खुद ब्याज आय पनि १३ प्रतिशतले घटेको छ । यो अवधिमा ब्याज आयको तुलनामा ब्याज खर्च थोरैले घटेपछि खुद ब्याज आय उच्चप्रतिशतले घटेको हो ।


गत आवको प्रथम त्रैमासमा रू. १९ करोड ४७ लाख रहेको बैङ्कको खुद ब्याज आय चालू आवको प्रथम त्रैमासमा घटेर रू. १६ करोड ९९ लाख पुगेको छ । त्यसैगरी चालू आवको प्रथम त्रैमासमा बैङ्कको कर्मचारी खर्च ६९ प्रतिशतले बढेको छ भने अन्य सञ्चालन खर्च १३ प्रतिशतले बढेको छ ।


गत आवको प्रथम त्रैमासको तुलनामा आव २०६७÷०६८ को प्रथम त्रैमासमा बैङ्कको खुद मुनाफा ५१ प्रतिशतले घटेको छ । बैङ्कको मुनाफा घटे पनि वित्तीय अवस्था राम्रो रहेको बैङ्कको प्रतिवेदनमा उल्लेख छ । नयाँ शाखा विस्तार, एटीम काउण्टरहरूको निर्माणका साथै थप बचत योजनाहरू बङै क् ल े पद्र ान गर्द ै आएकाले बैङ्कको मुनाफामा असर पर्न गएका े हा े ।


बङै क् का े वित्तीय अवस्था राम्रो भएकै कारण बैङ्कले शेयर सदस्यहरूलाई यो वर्ष ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।


चालू आवको प्रथम त्रैमासमा बैङ्कको कर्जा तथा सापटी २ प्रतिशतले बढेर रू. १२ अर्ब ४४ करोड पुगेको छ । चालू आवको प्रथम त्रैमासमा बैङ्कको अधिविकर्ष (ओभर ड्राफ्ट) र ‘अन्य’ कर्जा बढेको छ भने आवधिक कर्जा घटेको छ । अधिविकर्ष कर्जा ९ प्रतिशतले वृद्धि भएको छ भने अन्य कर्जामा ३१ प्रतिशतले बढेको र आवधिक कर्जा ८ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । चालू आवको प्रथम त्रैमासमा बैङ्कको व्यक्तिगत आवास कर्जा २८ प्रतिशतले बढेर रू. ३८ करोड ८१ लाख रहेको छ भने समग्र रियल इस्टेट कर्जामा रू. २ अर्ब ८२ करोड रहेको छ ।


चालू आवमा बैङ्कले बिजनेश कम्प्लेक्स रू. १ अर्ब २९ करोड कर्जा प्रवाह गरेको छ । चालू आवको प्रथम त्रैमासमा बैङ्कको लगानी र सापटी क्रमशः २२ र ९५ प्रतिशतले घटेको छ ।


चालू आवको प्रथम त्रैमासमा बैङ्कको कर्जा–निक्षेप अनुपात ७५ दशमलव ५९ प्रतिशत छ । विवरणअनुसार आव २०६७÷०६८ को प्रथम त्रैमासमा १ दशमलव ६५ प्रतिशत रहेको बैङ्कको खराब कर्जा चालू आवमा बढेर ३ दशमलव ८० प्रतिशत पुगेको छ ।


चालू आवमा बैङ्कको सञ्चालन र मुनाफा मार्जिन गत आवको भन्दा घटेको छ । सो अवधिमा सञ्चालन मार्जिन शून्य दशमलव १० र मुनाफा मार्जिन शून्य दशमलव शून्य ७ रहेको छ ।