शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

‘अर्डर म्याचिङ इञ्जिन’ भित्र्याउँदै एनडेक्स

पुस २१, काठमाडौं । नेपाल डेरिभेटिभ एक्सचेञ्ज लि (एनडेक्स)ले आप्mनो कारोबारका लागि मेटा ट्रेडिङ पाँचौं (एमटी फाइभ) सप्mटवेयर भित्र्याउँदै भएको छ । आफ्नो एक्सचेञ्जमार्फत विभिन्न वस्तुको करारमा हुने कारोबार थप सहज र पारदर्शी बनाउन यो प्रविधि प्रयोग गर्न लागेको एनडेक्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक सन्तोष प्रधानले अभियानलाई बताए । ‘यो अन्तरराष्ट्रियस्तरका कमोडिटिज एक्सचेञ्जहरूमा प्रयोग हँुदै आएको उच्चगुणस्तरको अर्डर म्याचिङ इञ्जिन हो,’ प्रधानले भने ।


नेपालमा पहिलोपटक यो प्रविधि एनडेक्सले भियभयाउन लागेको उनले बताए । अहिले एनडेक्सले प्रयोग गरेको प्रविधिको तुलनामा ‘एमटी फाइभ’मा धेरै विशेषता रहेका छन् । यो प्रविधिबाट कारोबार गर्दा ग्राहकलाई बढी विश्वासनीयता प्रदान गर्न सकिने प्रधानले बताए ।


चालू आवमा एनडेक्सले कमोडिटी बजारसम्बन्धी जनचेतना कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ । लगानीकर्तालाई बजारसम्बन्धी जानकारी दिने उद्देश्यले कमोडिटी शिक्षासम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको एनडेक्सका उपाध्यक्ष विश्वजन थापा श्रेष्ठले बताए । ‘कतिपय लगानीकर्ताले कमोडिटी बजारका बारेमा नबुझीकनै लगानी गर्दा नोक्सान बेहोर्नुपरेकाले जनचेतना फैलाउन लागेका हांै,’ श्रेष्ठले भने ।


एनडेक्सले स्थापनाकालदेखि नै यस्ता कार्यक्रम सञ्चालन गर्दै आए पनि चालू आवामा विशेष कार्यक्रम गर्न लागेको हो । बजारका बारेमा नबुझी कारोबारमा सहभागी हुँदा अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै बजारलाई स्वस्थ बनाउन पनि कार्यक्रम सञ्चालन गर्न लागिएको उनको भनाइ थियो ।


नेपालमा कमोडिटी बजारसम्बन्धी स्पष्टनीति बन्न नसक्दा धेरै लगानीकर्ता बजारप्रति विश्वस्त हुन नसकेको एनडेक्सका वरिष्ठ सल्लाहकार विनोद ढकालले बताए । यो बजारको दीर्घकालीन विकासका लागि सरकारले निश्चित मापदण्ड तयार पारी कायान्र्वयन गर्नुपर्ने उनको भनाइ थियो ।


‘कमोडिटी बजारसम्बन्धी स्पष्ट नीति तथा व्यवस्था नहुँदा कम्पनी सञ्चालनमा समस्या परेको छ,’ उनले भने । चालू आवमा एनडेक्सले ‘एनडेक्स कमोडिटी इनसाइट २०१२’ प्रकाशित गर्ने भएको छ । कमोडिटी बजारसम्बन्धी सम्पूर्ण जानकारी समेट्ने उद्देश्यले उक्त इनसाइट प्रकाशन गर्न लागेको ढकालले जानकारी दिए ।